काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् । आज पदभार ग्रहण गरेलगत्तै आफूले चारवटा निर्णय गरेको उनले जानकारी गराए ।
यस्ता छन् चार निर्णय
१. २०५८ सालको दरबार हत्याकण्डको फाइल पुन खोल्ने ।
२. जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने ।

३. नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने ।
४. छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगोमा पुर्याउने र हरेक फाइल खोल्ने ।








