३० कार्तिक २०८३, आइतबार | Sun Nov 15 2026

चीनद्धारा निर्मित १० टन क्षमताको विद्युतीय व्यवसायिक विमान


३० कार्तिक २०८३, आइतबार  

0
Shares

काठमाडौं । चीनद्धारा निर्मित विद्युतीय विमान सीई(२५ए ले शनिबार आफ्नो पहिलो पाइलट सहितको उडान सफलतापूर्वक सम्पन्न गरेको छ, चीनको व्यवसायिक विमान निगम (COMAC)ले जनाएको छ।विमानमा दुई पाइलट र एक उडान परीक्षण इन्जिनियर सवार थिए। उडान पूर्वी चीनको सान्डोङ प्रान्तको बिन्झोउमा भएको थियो। विमान सामान्य रूपमा सञ्चालन भयो र सबै कार्यसम्पादन सूचकहरू अपेक्षाअनुरूप रहेको (COMAC) ले बताएको छ।सीई (२५ए COMAC) को पहिलो विद्युतीय व्यवसायिक विमान हो। यो मुख्य रूपमा अन्तर(सहर व्यवसायिक उडानका लागि डिजाइन गरिएको हो। यसले १९ जना यात्रु बोक्न सक्छ र यसको अधिकतम टेकअफ वजन १० टन छ। यसको क्रुजिङ गति प्रति घण्टा ३०० किलोमिटर, क्रुजिङ उचाइ २,४०० मिटर र उडान दूरी ४०० किलोमिटर छ। यो विमानले यस वर्षको फेब्रुअरी २ मा आफ्नो पहिलो मानवरहित स्वायत्त उडान सम्पन्न गरेको थियो। (COMAC)चिनियाँ ब्याट्री निर्माता ऋब्त्ी, साङ्घाई जियाओ तोङ विश्वविद्यालय र अन्य साझेदारहरूको संयुक्त विकासमा बनेको सीई(२५ए ले १९ पटक मानवरहित स्वायत्त उडान परीक्षण सफलतापूर्वक पूरा गरिसकेको छ।चीनको नागरिक उड्डयन प्रशासनले ऋइःब्ऋ को प्रकार प्रमाणपत्र (टाइप सर्टिफिकेट) आवेदन स्वीकार गरेको छ।

प्रकाशित मिति : ३० कार्तिक २०८३, आइतबार  ४ : २१ बजे