२८ कार्तिक २०८३, शुक्रबार | Sat Nov 14 2026

गोल्डेन टेम्पल सङ्ग्रहालय बन्दै


१२ मंसिर २०७३, आइतबार  

0
Shares

ललितपुर, १२ मङ्सिर । एक सयवर्ष पुराना सामग्री समेटेर हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल) सङ्ग्रहालयमा परिणत हुने भएको छ ।

महाविहारको माथिल्लो तलामा स्थानीयवासीले बुझाएका बौद्ध र हिन्दू धर्मसँग सम्बन्धित धेरै बस्तु छन् । महाविहार संरक्षण समितिका अध्यक्ष विकासरत्न धाख्वाले भन्नुभयो, “दाजुभाई छुटिँदा पनि कतिपय धार्मिक सामग्री यहाँ नै राख्न दिएका छन् ।’’ निजी गुठीले पनि गुठीमा नियमित प्रयोगमा ल्याउन नसकेका सामग्री महाविहारमा नै बुझाउने गरेका छन् ।
महाविहारले झन्डै एक सताब्दिदेखि सङ्कलन गर्दै आएका सामग्रीे पर्यटकलाई समेत देखाउने उद्देश्य रहेको छ भन्दै उहाँले छोटो समयका लागि महाविहार आउने पर्यटकको बसाइ सङ्ग्रहालयले बढाउँछ भन्नुभयो ।
यो महाविहार उपत्यकाको तेस्रो पुरानो महाविहारमा पर्दछ । यो सबैभन्दा बढी संङ्घ(सदस्य) भएको महाविहार हो । पाटन दरबारस्क्वारमा आउने मात्रै नभएर भारत, चीन लगायतका मुलुकबाट महाविहार नै आउने धार्मिक पर्यटक पर्यटक कम्तीमा दुई घन्टा गोल्डेन टेम्पल घुम्ने आशा अध्यक्ष धाख्वाको छ ।
हिरण्य नामक मुसाले संरक्षण गरेकाले यो विहारलाई हिरण्यवर्ण महाविहार भनिएको किम्बदन्ती छ ।

प्रकाशित मिति : १२ मंसिर २०७३, आइतबार  ११ : २१ बजे