२८ कार्तिक २०८३, शुक्रबार | Sat Nov 14 2026

रोल्पामा बालिघरे प्रथा न्यूनीकरण हुँदै


१५ मंसिर २०७३, बुधबार  

0
Shares

रोल्पा, १५ मङ्सिर । रोल्पामा परम्परादेखि चल्दै आएको बालिघरे प्रथा न्यूनीकरण भएको छ ।

कपडा सिलाएबापत वा आरनको कामगरे बापत ज्यालास्वरुप वार्षिक दुई पाथी अन्न दिँदै आएकोमा हाल श्रमको आधारमा नगद दिने प्रचलनको सुरुवात भएको दलित अधिकारकर्मी कर्मलाल परियारले बताउनुभयो ।

दलित भोकै पनि नहोउन् र पेटभरी खान पनि नपाउन् भन्ने मानसिकताका साथ उच्च जातिहरुले यस्तो परम्पराको थालनी गरेको परियारले बताउनुभयो ।

Sagarmatha

रोल्पा जिल्लाबाट बालिघरे प्रथा उन्मुलन गर्ने अभियानअन्तर्गत हाल आधा दर्जनभन्दा बढी गाविसमा बालिघरे प्रथा अन्त्य घोषणा भइसकेको परियारले जानकारी दिनुभयो ।

बालिघरे प्रथा उन्मुलनगरी दलितहरुको पेसालाई मर्यादित बनाउन तथा श्रमअनुसारको ज्याला पाउने वातावरण सिर्जना गर्न जिल्लामा विभिन्न अभियान सञ्चालन भइरहेका छन् ।

हाल रोल्पा जिल्लामा १८ प्रतिशत दलित रहेका छन् । विगतमा दलितहरुले मात्रै कपडा सिलाई गर्दै आएकोमा पछिल्ला दिनमा गैर दलितले समेत सो पेसा अङ्गाल्दा आफ्नो पेसा सङ्कटमा पर्दै गएको दलितहरुले बताएका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७३, बुधबार  ६ : ०२ बजे