२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

सिसाहनिया पुलको शिलान्यास


२२ मंसिर २०७३, बुधबार  

0
Shares

दाङ, २२ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहालले दाङको सिसाहनिया महादेव पुलको आज शिलान्यास गर्नुभयो । रु ९२ करोडको लागतमा बन्न लागेको उक्त पुलको निर्माण कार्य चार वर्षमा सकिने लक्ष्य रहेको छ ।

पुलको लम्बाइ ८६० मिटर रहने छ । पुल निर्माण भएपछि दाङ्का गडहवा, सिसाहनिया, राजपुरलगायतका जनतालाई आवतजावत गर्न सजिलो हुनेछ ।

सो कार्यक्रममा सिँचाइमन्त्री दीपक गिरी, प्रधानमन्त्री कार्यालयका सचिव टङ्कमणि शर्मा, सडक विभागका उपनिर्देशक सरोजकुमार श्रेष्ठ तथा दाङ जिल्लाका सांसद् र अन्य राजनीतिक दलका कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Sagarmatha

प्रकाशित मिति : २२ मंसिर २०७३, बुधबार  ८ : ३४ बजे