२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

बालक बेपत्ता


२४ मंसिर २०७३, शुक्रबार  

0
Shares

बैतडी, २४ मङ्सिर । जिल्लाको पाटन नगरपालिकाका एक बालक दुई दिनदेखि बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा पाटन नगरपालिका– ९ वसन्तपुरका भानसिंह बोहराका १४ वर्षिय छोरा प्रकाशसिंह बोहरा रहेका छन् ।

स्थानीय बजार मुस्याचौर जान्छु भनि गत बिहीबार हिँडेको छोरा घर फर्केको छैन, बेपत्ता बालकका बुबा भानबहादुर बोहराले रासससँग भन्नुभयो “छिमेकी, नातागोता सबैतिर सोधपुछ गर्दा पनि भेटिएन ”

Sagarmatha

बेपत्ता छोराको खोजी गरिदिन प्रहरीसमक्ष अनुरोध गरेको पनि उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २४ मंसिर २०७३, शुक्रबार  ६ : ५९ बजे