३० कार्तिक २०८३, आइतबार | Sun Nov 15 2026

पार्टीलाई मानवाधिकार पालना गराएमा मानवाधिकार उल्लङ्घनका घटना घट्ने


२५ मंसिर २०७३, शनिबार  

0
Shares

काठमाडौँ, २५ मङ्सिर । राष्ट्रिय मानव अधिकार आयोगले मानवअधिकारका विषयमा लक्ष्यमा पुग्न अझै धेरै आरोहअवरोह पार गर्नुपर्ने जनाएको छ ।
अठ्ुसठ्ठिऔँ विश्व मानवाधिकार दिवसका अवसरमा आज यहाँ आयोजित प्रभातफेरीपछि स्थानीय शान्तिवाटिकामा आयोजित सभामा आयोगका अध्यक्ष अनुपराज शर्माले सत्ता र विपक्षमा रहेका राजनीतिक दललाई मानवाधिकार पालना गराउन सकेमा देशमा मानवअधिकार उल्लङ्घनका धेरै घटना न्यूनीकरण हुने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रिय अपाङ्ग महासङ्घका उपाध्यक्ष टीका दाहालले अपाङ्गता भएका व्यक्ति मानवाधिकारबाट सबैभन्दा बढी वञ्चित भएको जिकिर गर्नुभयो । राष्ट्रिय दलित आयोगका सदस्य सीताराम घले परियारले हलिया र मुक्त कमैया अहिले पनि विभेदमा रहेको बताउनुभयो ।
मानवाधिकारवादी कपिल श्रेष्ठ, आदिवासी जनजाति महिला मञ्चका शान्तलक्ष्मी श्रेष्ठ, दलित प्रतिनिधि भक्त विश्वकर्मालगायतले नेपालमा मानवाधिकारका क्षेत्रमा सरकारी तथा गैरसरकारी संस्थाको भूमिकामाथि प्रकाश पार्नुभयो
भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरीमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, मानव अधिकार आयोग, नेपाल मानव अधिकार केन्द्र, युथ फर ह्युमन राइट्स इन्टरनेसनल, यातना पीडित सरोकार केन्द्र, मानव अधिकार एलायन्स, अपाङ्ग महासङ्घ, राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चसहित १५ सङ्घसंस्थाको सहभागिता थियो ।

प्रकाशित मिति : २५ मंसिर २०७३, शनिबार  ६ : १८ बजे