२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

जाडोबाट मृत्यु


२६ मंसिर २०७३, आइतबार  

0
Shares

 

गौशाला, २६ मङ्सिर । महोत्तरी जिल्लाको मटिहानी गाविसमा कठ्याङ्ग्रिदो जाडोबाट आज अपराह्न मटिहानी गाविस– ४ बस्ने ७० वर्षीय नथुनी पासवानको मृत्यु भएको छ ।

तीन चार दिनदेखि जिल्लामा चलेको शीतलहर र चिसो हावाका कारण पासवानको आज आफ्नै घरमा कठ्याङ्ग्रिएर मृत्यु भएको उनका छोरा सीतारामले बताएका छन् ।
निम्नवर्गीय परिवारका पासवानको पर्याप्त न्यानो लुगाफाटा र पोसिलो खानाको अभावमा मृत्यु भएको स्थानीय बासिन्दा बताउँछन् । जिल्लामा एक सातादेखि अत्यधिक जाडो बढेपछि जनजीवन कष्टकर बनेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७३, आइतबार  ११ : ३८ बजे