२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

मोहम्मद जन्मजयन्तीका अवसरमा पदयात्रा


२८ मंसिर २०७३, मंगलबार  

0
Shares

नवलपरासी, २८ मङ्सिर । मुसलमान धार्मिक गुरु मोहम्मद साहबको जन्मजयन्तीका अवसरमा यहाँ राष्ट्रिय झन्डासहित उत्सव पदयात्रा निकालिएको छ ।

यहाँको मुसलमान समुदायले एक हजार चार सय ४५ औं मोहम्मद जन्मजयन्तीका अवसरमा आज सदरमुकाम परासीमा पदयात्रा निकालिएको हो ।

मोहम्मद जन्मजयन्तीका दिन मुसलमान समुदायले मोहम्मद साहबको जन्मको खुसीमा उत्सव पदयात्रा निकाल्ने, नमाज पढ्ने, दानपुण्य गर्ने र एकापसमा शुभकामना आदानप्रदान गर्छन् ।

Sagarmatha

मोहम्मद जन्मजयन्तीका अवसरमा राष्ट्रिय झन्डा फहराउँदै निकालिएको पदयात्रामा सहभागी हुन जिल्लाका २५ मदरसाबाट मुुसलमान धर्मावलम्बी परासी पुगेका थिए ।

मोहम्मद जन्मज्यन्ती मुसलमान समुदायको महान् पर्वका रुपमा लिइन्छ । नेपालमा मनाउँदै आइएको यस दिनमा सरकारले सार्वजनिक बिदा नदिएकामा मुसलमान समुदायले गुनासो गरेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७३, मंगलबार  ७ : ५० बजे