२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

मुस्लिम समुदायका बालबालिकालाई स्विटर वितरण


३ पुस २०७३, आइतबार  

0
Shares

रामपुर (पाल्पा), ३ पुस । रामपुर नगरपालिका वडा नं ६ इस्लामपुरका बालबालिकालाई जाडोको कपडा स्विटर वितरण गरिएको छ ।

मदरसा नुरुल हुदा अले सुन्नत प्राथमिक विद्यालयका गरिब, विपन्न वर्गका ५० जना बालबालिकालाई ५० थान स्विटर वितरण गरिएको हो । जाडो बढ्दै गएपछि विद्यालय व्यवस्थापन समितिले यहाँका बालबालिकालाई स्विटर वितरण गरेको समिति सदस्य हलिमा खातुनले जानकारी दिनुभयो ।

मारुनी नाच नाचेर रकम सङ्कलन

Sagarmatha

मगर समुदायमा प्रचलित मारुनी नाचबाट फोक्सिङकोटका युवाले रु ६२ हजार १६४ सङ्कलन गरेका छन् ।

फोक्सिङकोट रानीबासका युवाले लोपोन्मुख अवस्थामा रहेको मारुनी नाच संरक्षण गर्ने उद्देश्यले वर्षको चारपटक नाच्ने गर्छन् ।

दसैँको कोजाग्रत पूर्णिमाका दिन, तिहार पर्व, हरिबोधनी एकादशी र मङ्सिरे पूजाका अवसरमा गाउँका युवाले फरिया, साडी, चोलोलगायतका महिलाका वेशभूषा लगाएर खैँजडी, मजुरा, मादलको तालमा नाच्ने गर्छन् ।

मारुनी नाच नाचेर सङ्कलित रकम हरेक वर्ष यहाँका युवाले सामाजिक, विकास निर्माणका क्षेत्रमा खर्च गर्दै आइरहेका छन् । यसवर्ष सङ्कलित रकम गाउँको सिद्ध मन्दिर निर्माणका लागि खर्च गरिने स्थानीयवासी एवत सारुले बताउनुभयो ।

प्रकाशित मिति : ३ पुस २०७३, आइतबार  ५ : ०८ बजे