२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

बुद्धधर्म तथा दर्शन प्रवद्र्धनात्मक कार्यक्रम


७ पुस २०७३, बिहिबार  

0
Shares

 

काठमाडौँ, ७ पुस । नेपाल बौद्ध महासङ्घको चौथो महाधिवेशनका अवसरमा आज बुद्धधर्म तथा दर्शनको प्रचारप्रसार तथा प्रवद्र्धनात्मक कार्यक्रम गरिएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा गुरु छोकलिङ रिम्पोछेले बौद्ध दर्शन, साहित्य, मानव कल्याणका लागि उपयोगी रहेकाले यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

महासङ्घका अध्यक्ष थुप्तेन जिग्डोलले बौद्ध धर्मको हकहित, धर्म दर्शन र संस्कृतिको उचित संरक्षण एवम् संवद्र्धनका लागि क्रियाशील रहँदै आएको सो संस्थाले विभिन्न समयमा मुलुकका विभिन्न ठाउँमा सामाजिक गतिविधि सञ्चालन गरेको जानकारी गराउनुभयो ।

Sagarmatha

सोही महासङ्घका महासचिव नोर्वु शेर्पाले संस्थाले गर्दै आएका विभिन्न गतिविधिका बारेमा जानकारी गराउँदै गुम्बा शिक्षा, वातावरण तथा नेपालका बौद्ध अनुयायीका अधिकारका लागि अहिलेसम्म गरेका विभिन्न कार्यका बारेमा सहभागीहरुलाई बताउनुभयो ।

कार्यक्रममा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका बौद्धधर्मगुरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति : ७ पुस २०७३, बिहिबार  ६ : १५ बजे