२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

नेता अधिकारीको स्वास्थ्य अवस्था सुधारोन्मुख


१० पुस २०७३, आइतबार  

7
Shares

काठमाडौँ, १० पुस । नेकपा (एमाले)का नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था सुधारोन्मुख बन्दै गएको छ ।

स्वास्थ्यमा केही असजिलो महसुस आएपछि शुक्रबार राति बल्खुस्थित बयोधा अस्पतालमा भर्ना हुनुभएका अधिकारीको स्वास्थ्यमा अहिले क्रमिक सुधार आएको पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । पूर्वउपप्रधानमन्त्री अधिकारीको ठूलो आन्द्रामा सङ्क्रमण रहेकाले त्यसको उपचार भइरहेको बताइएको छ ।

प्रकाशित मिति : १० पुस २०७३, आइतबार  ७ : ३३ बजे