२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

उपभोक्ताद्वारा सभाहल निर्माण


२४ पुस २०७३, आइतबार  

7
Shares

पाल्पा, २४ पुस । राम्चे सामुदायिक वन उपभोक्ता समूह रामपुरले सभाहल निर्माण गरेको छ । सहरोन्मुख बन्दै गरेको जिल्लाको दोस्रो व्यापारिक केन्द्र रामपुर क्षेत्रको आवश्यकतालाई मध्यनजर गर्दै उपभोक्ताले यस क्षेत्रकै ठूलो सभाहल निर्माण गरेका छन् ।

समुह कोषको रु २६ लाखको लागतमा ३५० जना अट्ने क्षमता रहेको सभाहल निर्माण गरेको समूहका अध्यक्ष कीर्तिनाथ श्रेष्ठले बताउनुभयो ।

बढ्दो सहरीकरणसँगै यहाँ आयोजना हुने विभिन्न सभा, सेमिनार, गोष्ठी, बैठक र सम्मेलनजस्ता कार्यको आवश्यकतालाई मध्यनजर गर्दै सभाहल निर्माण गरिएको समितिका सदस्य काशीनाथ रेग्मीले बताउनुभयो ।

प्रकाशित मिति : २४ पुस २०७३, आइतबार  २ : ४६ बजे