काठमाडौं । एम्बुलेन्स खरिदका लागि बाहिङ किरात मुलुखिम बेलायत शाखाले ७८ हजार ३ सय रुपैयाँ केन्द्रीय समितिका उपाध्यक्ष इमानसिं बाहिङ राईमार्फत केन्द्रीय समितिलाई प्रदान गरेको छ । काठमाडौंमा भएको एक कार्यक्रमबीच बेलायत शाखाका उपाध्यक्ष देबराज रुम्दालीले बाहिङ किरात मुलुखिमको केन्द्रीय उपाध्यक्ष इमानसिं बाहिङ मार्फत समितिलाई उत्त रकम प्रदान गरेको हो ।

पछिल्लो समयमा बाहिङ बस्तीमा सडक यातायातले जोडेसँगै बाहिङ समुदायका बिरामीलाई सजिलै सुविधा सम्पन्न अस्पतालसम्म पु¥याउनको लागि मुलुखिमले एम्बुलेन्स खरिद गर्ने निर्णय गरेकाले यो महान अभियानमा सबै बाहिङ समुदायलाई जुट्न समेत महासचिव धिरेन बाहिङले आग्रह गरेका छन् ।

एम्बुलेन्स खरिदका लागि बाहिङ समुदायबाट आर्थिक सहयोग भैरहेको समेत महासचिव बाहिङले बताए । यस अघि बेलायत आर्मीमा कार्यरत क्याप्टेन रामबहादुर बाहिङ राईले १ लाख रुपैया प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए ।

बाहिङ किरात मुलुखिमको विशिष्ट संरक्षक सदस्यमा रुम्दाली र प्रोफेसर डा. विजेन्द्र
बाहिङ किरात मुलुखिमको विशिष्ट संरक्षक सदस्य देबराज रुम्दाली र प्रोफेसर डा. विजेन्द्रकुमार बाहिङले लिएका छन् । संस्थाको विधानतः २५ हजार रुपैया तिरेपछि विशिष्ट संरक्षक सदस्य हुने प्रावधान रहेको छ । त्यही प्रावधानबाट अब रुम्दाली र बाहिङ बाहिङ किरात मुलुखिमको विशिष्ट संरक्षक सदस्य भएका छन् ।

रुम्दाली बाहिङ किरात मुलुखिम बेलायत शाखाको उपाध्यक्ष समेत छन् । उनी बेलायत आर्मीबाट अवकास लिएर बेलायतमै बस्दै आएका छन् । त्यसैगरी प्रोफेसर डा. विजेन्द्रकुमार बाहिङ राई विपी कोइराला ईन्सीटिउड अफ हेल्थ साइन्स युनिभर्सीटि धरानका प्रमुखका रुपमा कार्यरत छन् ।









