विराटनगर । राष्ट्रियसभाको निर्वाचन प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा सम्पन्न भएको छ । प्रदेश १ अन्तर्गतका स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष सहित प्रदेशसभाका सदस्यहरुले विराटनगरको विरेन्द्रसभागृहमा भएको निर्वाचनमा भोट हालेका छन् ।
अल्पसंख्यक र दलितकोटामा भएको निर्वाचनको विरेन्द्रसभा गृहमा जे देखियो फोटो फिचर तल हेर्नुहोस ।

पहिलोबाट सागर किराती, महाकुलुङ, असिम राई, थुलुङ दुधकाेशी, डम्बरबहादुर बस्नेत, लिखुपिके, बुद्धिकिरण राई, माप्य दुधकाेशी, डुफकुमार वास्तोला, नेचासल्यान, वीरबहादुर राई, सोताङ र ङिमदोर्जी शेर्पा, खुम्बुपासाङल्हामु गाउँपालिका सोलुखुम्बुका अध्यक्षहरु मतदान गर्न लाईनमा ।

मतदानका लागि मतपत्र लिदै भोजपुरका प्रदेशसभा सदस्य राजेन्द राई माथि र मतदान पश्चात मतपत्र ब्यालेटमा बक्समा खसाल्दै तल ।




महाकुलुङ गाउँपालिका सोलुखुम्बुका अध्यक्ष सागर किराती मतपत्र लिदै ।

मतपत्रमा हस्ताक्षर गर्दै थुलुङ दुधकाेशी गाउँपालिका सोलुखुम्बुका अध्यक्ष असिम राई ।



मतपत्र लिदै लिखुपिके गाउँपालिका सोलुखुम्बुका अध्यक्ष डम्बरबहादुर बस्नेत ।

मतपत्रमा हस्ताक्षर गर्दै माप्य दुधकोशी गाउँपालिका सोलुखुम्बुका अध्यक्ष बुद्धिकिरण राई ।



मतपत्र लिने तयारीमा सोलुदुधकुण्ड नगरपालिका सोलुखुम्बुका उपमेयर कल्पना राई ।

मतपत्र लिने तयारीमा नेचासल्यान गाउँपालिका सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोला ।

मतपत्र लिने तयारीमा सोताङ गाउँपालिका सोलुखुम्बुका अध्यक्ष वीरबहादुर राई ।

मतपत्रमा हस्ताक्षर गर्दै खुम्बुपासङल्हामु गाउँपालिका सोलुखुम्बुका अध्यक्ष ङिमदोर्जी शेर्पा ।

मतपत्रमा हस्तक्षर गर्दै खुम्बुपासाङल्हामु गाउँपालिका सोलुखुम्बुका उपाध्यक्ष टासील्हामु शेर्पा ।



मतपत्रमा हस्ताक्षर गर्दै माप्य दुधकोशी गाउँपालिका सोलुखुम्बुका उपाध्यक्ष जुनिता मगर ।

मतपत्र लिदै सिद्धिचरण नगरपालिका ओखलढुंगाका उपमेरयर इच्छाकुमारी गुरुङ ।



मतपत्र लिने तयारीमा सोलुदुधकुण्ड नगरपालिका सोलुखुम्बुका मेयर नाम्गेलजाङबु शेर्पा ।





तस्वीरः बुद्धवीर बाहिङ ।







