२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

क्रिकेट टोली स्वदेश फिर्ता [फोटोफिचर]


रासस

५ चैत्र २०७४, सोमबार  

385
Shares

काठमाडौँ । अन्तराष्ट्रिय क्रिकेटमा ऐतिहासिक उपलब्धि हासिल गरेका नेपाली क्रिकेट टोली आज साँझ स्वदेश फर्केको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नवनियुक्त युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनुवार विश्वकर्मासहित खेलकुद मन्त्रालयका पदाधिकारी तथा क्रिकेटप्रेमीलगायतले सो टोलीलाई भव्य स्वागत गरेका थिए ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्याप्टेन पारस खड्का ।

जिम्बाब्वेमा सम्पन्न आइसिसी विश्वकप छनोट प्रतियोगितामा नेपालले प्लेअफ खेलमा पपुवा न्यूगिनीलाई पराजित गर्दै पहिलो पटक आगामी चार वर्षका लागि एक दिवसीय मान्यता प्राप्त गरेको थियो ।
नेपालको विश्वकप खेल्ने सपना सकिएसँगै सातौँ स्थानका लागि भएको प्लेअफ खेलमा नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले पराजित र अर्को खेलमा नेदरल्यान्ड्सले हङकङलाई हराएपछि नेपालले एक दिवसीय मान्यता पाउने पक्का भएको थियो ।

ऐतिहासिक उपलब्धि हासिल गरेर स्वदेश फर्केका नेपाली राष्टि«य क्रिकेट टोलीसंग सामूहिक तस्वीर खिचाउँदै युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनुवार विश्वकर्मा तथा खेलकुद मन्त्रालयका पदाधिकारीहरु ।

दश देशको सहभागिता रहेको विश्वकप छनोट प्रतियोगितामा दुई खेल जितेको नेपाल आठौँ स्थानमा रह्यो । नेपाली टोलीका कप्तान पारस खड्काले सबैको मेहनतले एक दिवसीय मान्याता पाउन सफल भएको उल्लेख गर्दै अबको सपना विश्वकप रहेको बताए ।
नेपाली क्रिकेटप्रेमीले क्यान विवाद तत्काल समाधान गर्नुपर्ने, मुलपानी क्रिकेट मैदान छिटो बनाउनुपर्ने, खेलाडीलाई सुविधा दिनुपर्नेलगायत माग राख्दै विमानस्थलभित्रै केही समय नाराबाजीसमेत गरेका थिए ।

Sagarmatha
नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्याप्टेन पारस खड्का त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार संग संक्षिप्त कुरा गर्दै ।
पहिलो पटक आगामी चार वर्षका लागि एक दिवसीय मान्यता प्राप्त गरेर अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक उपलब्धि हासिल गरेका नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्दै क्रिकेट समर्थकहरु ।
क्रिकेट समर्थक हरुलाई अभिवादन गर्दै नेपाली राष्टि«य क्रिकेट टोलीका क्याप्टेन पारस खड्का ।
पहिलो पटक आगामी चार वर्षका लागि एक दिवसीय मान्यता प्राप्त गरेर अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक उपलब्धि हासिल गरेका नेपाली क्रिकेट टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा ।
पहिलो पटक आगामी चार वर्षका लागि एक दिवसीय मान्यता प्राप्त गरेर अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक उपलब्धि हासिल गरेका नेपाली क्रिकेट टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्नुहुँदै नवनियुक्त युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनुवार विश्वकर्मा तथा खेलकुद मन्त्रालयका पदाधिकारी ।

प्रकाशित मिति : ५ चैत्र २०७४, सोमबार  ४ : २८ बजे