काठमाडौं । टेस्ट टोली पाकिस्तानसँग १९ वर्षमुनिको प्रतियोगितामा पहिलो भेटमै नेपालले जितको स्वाद चाखेको छ।
मलेशियामा सञ्चालन भइरहेको १९ वर्षमुनिको एसीसी विमिन्स यू(१९ एशिया कपमा नेपालले पाकिस्तानलाई छ विकेटले पराजित गरेर इतिहास रचेको हो।
उमेर समूहमा पहिलो पटक आमनेसामने भएको नेपालले टेस्ट प्रतिद्वन्द्वीलाई पाँच विकेटको क्षतिमा १०४ रनमा रोक्यो। जबाफमा नेपालले १९ ओभरमा ४ विकेट गुमाई लक्ष्य पूरा गर्यो।
जितसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। पाकिस्तान अघिल्लो खेलमा भारतसँग पराजित भइसकेकोले नेपाल एक खेलअगाडि नै सेमिफाइनलमा पुगेको हो।