हालै प्रदेश नम्बर ३ को मकवानपुर जिल्लामा गाईको मासु खाएको आरोपमा पक्राउ परेका ३ जना व्यक्तिलाई छुटाउनका लागि पहल गर्न केन्द्रीय सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेट्न गएको नेपाल तामाङको घेदुङको टोली सम्मिलित प्रदेश–३ की उपसभामुख राधिका तामाङले गाईको मासु खान पाउनुपर्ने भनी बोलेको भनी केही अनलाइन खबरपत्रिकाले समाचार लेखेपछि उनको पक्ष र विपक्षमा धेरै नै बहस र छलफल चल्यो । खासगरी दुबैथरीका फेबुके/ट्विटेहरबीच बहस र भन्दा पनि पक्ष विपक्षमा झरेर एकआपसमा गालीगलौजमा उत्रिए । यसरी हेर्दा बहस र छलफलभन्दा पनि उनीहरुबीच आ–आप्mनो पक्षलाई सही देखाउने लिँडेढिपी नै चल्यो ! हुन त घेदुङले जारी गरेको विज्ञप्तीअनुसार केन्द्रीय गृहमन्त्रीसँगको उक्त भेटमा घेदुङका उपाध्यक्ष कुमार घिसिङले मात्रै बोलेका थिए ।
जे होस्, नेपालका आदिवासी जनजातिहरुले माग गरेको धेरै समयपछि मात्रै नेपाल धर्म निरपेक्ष देश भएको हो । खासगरी ००७ सालको परिवर्तनपछि आएको राजनैतिक व्यवस्थाले केही खुकुलो व्यवस्था गरेपछि नेपालमा जातीय, भाषिक, धार्मिक, साँस्कृतिक, लैगिंक आदिका लागि माग राख्ने कामको खुल्ला रुपमा सुरुवात भएको हो । तर, २०१७ को राजनैतिक परिवर्तनसँगै २०१९ मा आएको संविधानले कानुनी रुपमै धेरै कुरोहरु हिन्दुकृत भए वा बनाइयो ।
जस्तो हिन्दुहरुले धार्मिक रुपमा धेरै अघिदेखि नै गाईलाई आपूmलाई जन्म दिने आमापछि बचाउने मातासरह मानेको भए तापनि गोरुलाई भने किन पितासरह मानेनन् ? प्रश्न छँदैछ । तर, यसरी हिन्दुहरुले गाईलाई धेरैअघिदेखि (संभवतः मोहम्मद घोरी, मोहम्मद तुगलक आदिसँग गंगाको मैदानी भागमा हारेपछि/हार व्यहोरेपछि ज्यान/परिवार बचाउन भाग्नेक्रममा गंगा नदी तर्नेक्रममा गाई–गोरुलाई धकेलेर, गाई–गोरुको पुच्छरमा झुन्डिएर गंगा नदी तरेको हुनाले/थप पुष्टिका लागि हिन्दु जातिका उत्थान और पतन आदि किताब हेर्नुहोस्प/ढ्नुहोस् । उक्त किताबमा त वैदिककालमा राजा रन्तीदेवको दरबारमा आउनेहरुलाई ख्वाइने भोजनको प्रसंगमा लेखिएको छ । हिन्दुहरुले पनि ‘ग्व’ अर्थात् गाई वा गोरु खान्थे भनी लेखिएको छ । भने विसं २०५९/०६०/०६१ ताका यस विषयमा समाचारपत्र/हाल नेपाल समाचारपत्र दैनिकका पत्रकार तथा हाल वकालत पेशामा कार्यरत स्वागत नेपालले तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालय लगायत केही क्याम्पस संस्कृतिका प्राध्यापकहरुको भनाईसहितको एङ्कर न्युज/समाचार लेखेका थिए ।) जन्म दिने मातासरह आपूmलाई बचाउने गाईलाई पनि माता मान्न थालेको भन्ने भनाई जो छ, त्यसले गर्दा पनि हिन्दुहरुले राष्ट्रिय जनावर र माता मान्ने र हिन्दु इतरका जातजाति, धर्म र सम्प्रदायका मानिसलाई पनि सोही नीति र नियम लागू गराउने जोर–जुलुम गर्नेगरेको देखिन्छ । जे भए तापनि नेपालको अन्तरिम संविधान २०६३ को भाग १, धारा ४ को १ मा ‘नेपाल एक स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी र संघीय लोकतान्त्रिक राज्य हो ।’ भनी राज्य र राज्य चलाउँदै आएका समूहले स्वीकार गरेको थियो । तापनि अन्तरिम संविधान घोषणा भएदेखि नै राजनैतिक रुपमा तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (कमल थापा) ले नेपाल पुनः हिन्दु धर्म सापेक्ष र राजतन्त्रात्मक देश हुनु पर्ने भनी वकालत गर्दै आएको थियो/छ भने विसं २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा उक्त पार्टीले प्रत्यक्षमा १ सिट नजिते पनि समानुपातिकमा २४ सिट जितेको थियो । स्मरणीय छ, राप्रपाले समानुपातिकमा ल्याएको उक्त २४ सिट आप्mनो संगठन र विचारधाराको बलले भन्दा पनि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी लगायत पार्टीका अनुदारवादी नेता कार्यकर्ताको लबिङले गर्दा संभव भएको थियो । हुन पनि उक्त निर्वाचनताका काठमाण्डौ लगायत पहाडी क्षेत्रमा ‘एक भोट गाईलाई र एकभोट भाइ (एमाले !) लाई’ भन्ने नारा नै लागेको थियो भने मधेसमा ‘एक भोट गाछीमा एक भोट बाछीमा’ भन्ने नारा थियो । हुन पनि विसं २०७० मा भएको निर्वाचनमा राप्रपाले संगठन, सिद्घान्त र विचारकै बलमा २४ सिट जितेको हुन्थ्यो भने, ४ वर्षपछि विसं २०७४ मा भएको स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा किन यत्ति सारो खुम्चन्थ्यो होला र ? किनभने झापामा (केन्द्रीय संसद) जितेको १ सिट पनि एमाले र माओवादीको भोटले नै हो भन्ने त जितेर आउने स्वयम् राजेन्द्र लिङ्देन स्वीकार्छन् ।
त्यसो त हिन्दु, बौद्ध र किरात धार्मिक रुपमा एकै हुन्, बौद्ध र किरात धर्म मान्नेहरु पनि हिन्दु नै हुन् भन्नेहरु पनि कम छैनन् । उनीहरुले दिने अनौठो तर्क के छ भने, नेपालका हिन्दु, बौद्ध र किरात धर्मालम्बीहरु ‘ॐ कार परिवारभित्र’का हुन् । तर, ‘ॐ कार परिवार’का बारेमा उनीहरुले विस्तृत र तथ्यपरक आधारमा उनीहरुले व्याख्या गरेको भने हालसम्म देखिएको छैन । उनीहरु २०६८ को राष्ट्रिय जनगणनामा नेपालमा ८१ प्रतिशत हिन्दु धर्म मान्नेहरु भएको उदाहरण दिने गर्छन् । नेपालमा ८१ प्रतिशत हिन्दु धर्मालम्बीहरुको तथ्यांकबारेमा अचम्म लाग्ने कुरा के छ भने, नेपालका आदिवासी जनजातिको जनसंख्या ३५ प्रतिशत, इस्लाम धर्म मान्नेहरु ४.४ प्रतिशत, क्रिश्चियन धर्म मान्ने १.४ प्रतिशत, प्रकृति धर्म मान्ने ०.४ प्रतिशत, शिख, जैन लगायतका अन्य धर्म मान्ने जनसंख्या पनि जोड्ने हो भने नेपालमा हिन्दु धर्म मान्नेहरुको जनसंख्या लगभग ५२/५३ प्रतिशत मात्रै हुनु पर्ने हो ।
फेरि विगत केही वर्ष अघिदेखि हिन्दू धर्म मान्ने भनिएका नेपालका दलित, मधेसी, बाहुन, क्षेत्री, नेवार, ठकुरी, सन्यासी लगायत जात समूहका धेरै मान्छेहरु पनि तीव्र
गतिमा हिन्दु धर्म छाडेर क्रिश्चियन धर्मतिर लागेको देखिन्छ । त्यसरी हिन्दु धर्म छाडेर क्रिश्चियन धर्ममा लाग्ने धेरै जसो खस आर्य समूहका मान्छेहरु हिन्दु धर्मभन्दा क्रिश्चियन धर्म राम्रो लागेरभन्दा पनि लोभ–लालचमा परेर धर्म परिवर्तन गरीरहेका छन् । (तर, अचम्म के छ भने, लोभ–लालचमा फसेको आरोप भने आदिवासी जनजातिलाई लगाउने गरिन्छ) । हुन पनि कतिपय आदिवासी जनजातिका मान्छेहरु क्रिश्चियन भएको १० औं वर्ष, २० औं वर्ष, ३० औं वर्षसम्म पनि ‘जय मासी !’, ‘जय मासी !!’, भन्दै ५ रुपैयाँ, १० रुपैयाँ, १५ रुपैयाँ, २० रुपैयाँ, २५ रुपैयाँ, ३० रुपैयाँ, ५० रुपैयाँ, १०० रुपैयाँ सम्म रोटीको नाममा गच्छेअनुसार चर्च जाँदैपिच्छे चढाइरहेका छन् भने खस आर्य समूहका मान्छेहरु जति सक्दो चाँडो चर्चको प्रमुख (पास्टर/पादरी/फादर) भएका छन् । यस्तो संख्याबारे अनुसन्धान नै गर्ने हो भने पनि फरक पर्दैन । यसरी परम्परागत रुपमा हिन्दु धर्म मान्नेहरु ठूलो संख्यामा क्रिश्चियन धर्ममा लागेको प्रष्टैसँग देखिन्छ । यथार्थ यस्तो हँुदाहँुदै पनि नेपालमा हिन्दु धर्मालम्बीको जनसंख्या बढेको देखाउनु भनेको शंकास्पद नै हो । यस्तो नहोस् भनेरै विगत लामो समयदेखि आदिवासी जनजाति, दलित, मधेसी आदि समुदायले केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना गर्ने कार्य गर्दा खपत हुने गणक (जनशक्ति) आफ्नै समुदायका अगुवालाई तालिम दिएर खटाओस् भन्ने माग राख्दै आएको थियो/छ । र, अब आउने (विसं २०७८ को) राष्ट्रिय जनगणनामा पनि यो माग सशक्त ढंगले उठाउनुपर्ने देखिन्छ ।
अर्को भनेको नेपालका हिन्दु, बौद्ध र किरात धार्मिक रुपमा साँच्चै एकै हुन् त ? किनभने, यदि साँच्चै बौद्ध र किरात पनि धार्मिक रुपमा हिन्दु नै हुन्, एकै हुन् भने किन बौद्ध र किरात धर्मालम्बीहरुले गौ–भक्ष गर्छन् ? (कानुनी रुपमै बन्देज नलगाउँदासम्म) त्यस्तै हिन्दु धर्मालम्बीले जसरी बौद्ध र किरात धर्मालम्बीहरुले किन गाईलाई माता र गोरुलाई पिता मान्दैनन् ? नेपालका हिन्दु, बौद्ध र किरात धार्मिक रुपमा एकै हुन् भन्नेहरुले यस सम्बन्धमा पनि बहस र छलफल गर्नुपर्ने देखिन्छ । हुन त नेपालको धार्मिक मामिलाको सन्दर्भमा साँचो कुरो भन्नै पर्दा वास्तविकता के हो भने, जब पृथ्वीनारायण शाहले नेपालको भगौलिक एकीकरण सुरु गरे, तब उनले र उनका सन्तान दरसन्तानले वीजित भूगोलमा विजय सँगसँगै हिन्दु धर्म, गोर्खा भाषा (त्यो बेला खस भाषा वा नेपाली भाषा भनिदैन थियो), हिन्दु चाडबाड, हिन्दु संस्कार, हिन्दु संस्कृति नेपालका आदिवासी जनजाति लगायत अन्य जातजातिलाई जबरजस्ती लादियो । साथै यसका लागि नेपालको भगौलिक एकीकरणपछिको २४० वर्षे शासनकालमा नेपालका विभिन्न जातजातिका अगुवा/टाउकेहरुलाई स्थानीयस्तरको छोटेराजा वा शासक नियुक्त गरेर उनीहरुमार्फत स्थानीयस्तरमा अर्थात् त्यो बेलाको भाषामा भन्नु पर्दा ढाक्रे÷रैतीसम्म लादियो । त्यही क्रममा विभिन्न भगौलिक क्षेत्रमा आदिवासी जनजातिका अगुवाहरुलाई केन्द्र सरकारले राई, चौधराई, सुब्बा, मुखिया, देवान, अमाली, थरी, कारबारी, बैदार, गौरुङ, द्धारे, तोहले, माथा, करता, आठपहरिया, आदि पदहरुको सिर्जना गरेर नियुक्त गरे । माथि उल्लेखित पदवी/पगरीहरुमध्ये राई, चौधराई, सुब्बा, मुखिया, देवान, अमाली आदि पदवी/पगरी पाएकाहरुलाई पछिल्लोपटक जिम्मावाल/जिम्मावाल्नी भन्ने गरिन्थ्यो । अझै पनि गाउँघरमा विगतमा यस्तो पदवी/पगरी पाएका वा तिनका सन्तानलाई फलानो जिम्मावाल वा जिम्मावाल्नी ? भनेर बोलाउने प्रचलन हटीसकेको छैन । त्यसो त हिन्दु धर्मको कुरो गर्दा २०१९ मा तत्कालीन राजा महेन्द्रले ल्याएको ‘नेपालको संविधान २०१९’ पछि मात्रै कानुनी रुपमा नेपाललाई ‘राजतन्त्रात्मक हिन्दु अधिराज्य’ भनी घोषणा गरेको पाइन्छ ।
यसरी स्थानीयस्तरमा नियुक्त भएका यी राई, चौधराई, सुब्बा, मुखिया, देवानहरुले ‘पञ्चखत’बाहेक सबै प्रकारका कानुनी कामकारबाही स्थानीयस्तरमा आफै फत्ते गर्थे । त्यसबाहेक उनीहरुको मुख्य काम भनेको हिन्दुहरुको महान चाड ‘बडा दसैं’मा (महाअष्टमीको दिन) पद अनुसार राँगो, बोकोे मार हान्ने (जस्तै सानो पद पाएका राई, चौधराई, सुब्बा, मुखिया र, देवानले बोकाको मार हान्ने र, ठूलो पद पाएका राई, चौधराई, सुब्बा, मुखिया र, देवानहरुले चाहिँ राँगाको मार हान्ने र मार हानेको राँगा/बोेकालाई ढुंगो/काठको मौलोको वरिपरि तीनफन्को घुमाएर आफ्नो दुबै हातको पञ्जा रगतमा चोपलेर आफ्नो घरको मूल ढोकाको दाँयातर्फ पञ्जाछाप लगाउने गर्नु पथ्र्याे । यसो किन गरिन्थ्यो भने राई सुब्बा, मुखिया, देवान आदिले हिन्दु धर्म अनुसार दसैं माने कि मानेन् ? भनेर हिउँदो याममा जोगीको भेषमा ‘जय गोरख नाथ’ भन्दै सरकारी जासुसहरु गाउँ–गाउँ घुम्थे । यसरी हेर्दा युगौंयुगदेखि आफ्नै प्रकारको अलग धर्म संस्कृति मान्दै आएका नेपालका आदिवासी जनजातिलाई भगौलिक एकीकरपछि हिन्दु धर्म लादिएको हो भन्ने प्रष्टैसँग देखिन्छ । फेरि पनि नेपालका आदिवासी जनजातिहरुलाई हिन्दु धर्म जबरजस्ती लादिएको हो कि होइन भन्ने सन्दर्भमा इस्वी संवत् १८६७ मा दसैं बहिस्कार गर्दा/दसैं नमान्दा धनकुटाका ‘राई’ रामलीहाङ र ‘राई’ रिदामालाई राज्यले हत्या गरेकोले नै जनाउँछ । स्रोतः स्वर्गीय डाक्टर हर्क गुरुङ, जनजाती सेरोफेरो । स्मरणीय छ, उनीहरु धनकुटाका आदिवासी आठपहरिया किरात भएको पुष्टि भएको छ ।
यसरी हेर्दा हाल जोजो व्यक्ति र जुनजुन संस्थाका हर्ताकर्ताहरुले नेपाललाई फेरि पनि हिन्दु राज्य बनाएरै छाड्छौं ! भनी मरीमेटेर लागेका छन्, उनीहरुले वास्तवमै सही काम र सही कुरोका लागि मरीमेटेका हुन् त ? यस विषयमा गहन अध्ययन मनन गर्नु पर्ने देखिन्छ । साथै कसैसँग रिसराग नराखीकन के प्रश्न गर्न मन लाग्छ भने, नेपालमा आफूलाई घोर हिन्दुवादी हौं भन्ठान्नेमध्ये कतिजना बाहुन क्षेत्री लगायत हिन्दु धर्मको वकालत गर्नेहरुले दिसा पिसाव गर्न बस्दा जनै कानमा सिउरिएर अन्जुलीमा पानी लिन्छन्आ/चमनी गर्छन् ?, आफूलाई घोर हिन्दुवादी हौं भन्ठान्नेमध्येका कतिजनाले आप्mनो टुप्पीमा शिखा पारेका छन् ?, आफूलाई घोर हिन्दुवादी हौं भन्ठान्नेमध्ये कतिजनाले कुशको बाला र रुद्राक्षको माला लगाएका छन् ?, आफूलाई घोर हिन्दुवादी हौं भन्ठान्नेमध्ये कतिजनाले निधार र छातीमा श्रीखण्ड र रक्तचन्दन दलेर हिंड्छन् ?, (यी कुरोहरु तागाधारी, खासगरी बाहुन क्षेत्रीले गर्थे भनी ‘त्यस बखतको नेपाल’ नामक किताबमा सरदार भीमबहादुर पाँडेले उल्लेख गरेका छन्) आफूलाई घोर हिन्दुवादी हौं भन्ठान्नेहरु मध्ये कतिजनाले तामाको डोरोको जनै लगाउँछन् ? यसबारेमा यो बबुरो लेखक भनाउँदोलाई कसले जवाफ दिने होला ? त्यसैले माथि सुरुमा गरिएको विवादको चर्चाको निप्टाराका लागि विसं २०७४ भदौ महिनादेखि लागू हुने नयाँ कानुनमा ‘ गाई नेपालको राष्ट्रिय जनावर र हिन्दुहरुको गौ–माता ! भए तापनि नेपालका विभिन्न जातजाति, सम्प्रदाय र धार्मिक समूहले परम्परादखि मान्दै आएको चालचलन, धर्म, संस्कार, संस्कृति र रीतिथिति गर्दा चाहिएको खण्डमा … उनीहरुलाई ३ वर्ष जेल हालिन/थुनिनु पर्ने छैन ।’ भनी शंसोधन गरी कानुनी व्यवस्था गर्नुपर्ने/थप्नुपर्ने देखिन्छ । यो नै उत्तम उपाय र मध्यमार्ग हुन सक्छ ।
kehinajannekulung@gmail.com







