२६ कार्तिक २०८३, बुधबार | Wed Nov 11 2026

शहिद परिवारप्रति प्रदेश सरकारको ध्यान जाओस : सांसद गजमेर [भिडियो सहित]


बुद्धवीर बाहिङ

६ बैशाख २०७५, बिहिबार  

217
Shares

विराटनगर । प्रदेशसभा सांसद जसमाया गजमेरले विभिन्न आन्दोलनमा सहाद प्राप्त गरेका शहिदहरुको परिवारप्रति प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभा १ को २१ औं बैठकको शुन्य समयमा बोल्दै सांसद गजमेरले शहिद परिवारको जीवनयापन, स्वास्थ्य र उनीहरुको सन्तानको शिक्षामा सरकारको विशेष ध्यानाकर्षण गराएका हुन् ।

सांसद गजमेरले संविधानमा प्राप्त नागरिकको अधिकार उपभोक्ताले गुणस्तरीय सामान उपभोग गर्न पाउने हकको अधिकारलाई उल्लेख गरिए पनि १ नं. प्रदेशमा बसोबास गर्ने नागरिकहरुले त्यस्तो सेवा नपाएको बताएका छन् । उनले भारतका विभिन्न बजारहरुबाट अत्याधिक मात्रामा विषादी प्रयोग गरिएका तरकारी, फलफुलहरु परिक्षण नगरीकन नेपालका विभिन्न शहरहरुमा बिक्रि वितरण भैरहेकाले त्यस्ता खाद्यपदार्थप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।
https://youtu.be/gyokljpZSTc

प्रकाशित मिति : ६ बैशाख २०७५, बिहिबार  ३ : २७ बजे