नेपाली कांग्रेसको १३ महाधिवेशन भएको निक्कै लामो समपछि नेपाली कांग्रेसको महासमिति गएको मंसिर–२९ देखि पुस–३ सम्म भेला काठमाण्डौमा सम्पन्न भएको थियो । तर, नेपाली कांग्रेसको महासमिति बैठक अपेक्षा मंसिर ७ सम्म लम्बिएको थियो । तर, नेपाली कांग्रेसको महासमिति भेला लम्बिनुमा भेलामा उपस्थित भएका नेता तथा कार्यकर्ताहरुले कसरी वर्तमान सरकारको गलत कामकारबाहीको भण्डाफोर गर्ने, आप्mनो दलको तत्कालीन राजनैतिक कार्यक्रम, नीति र कार्ययोजना के बनाउने, जनस्तरमा कसरी जाने, नेतृत्व तहमा कसरी समानुपातिक समावेशीकरणको मुद्धा र, समावेशी भनेर एक जना महिला वा आदिवासी जनजाति, दलित वा मधेसी वा पिछडिएको क्षेत्र वा मुस्लिम, तेस्रो लिंगी वा मजदुर वा श्रमिक आदिलाई मनोनित गरेर होइन) समेट्ने भन्ने विषयहरु र, नेपालकै पूरानो राजनैतिक दलमध्येमा पर्ने नेपाली कांग्रेसलाई कसरी गाउँ–गाउँ, वडा–वडा र टोल–टोल सम्म स्थापित गर्ने ? भन्ने बारेमा खासै छलफल भएन । यो नेपाली कांग्रेसका नेता, कार्यकर्ता सुभेच्छुक लगायतका लागि दुःख लाग्दो कुरो हो ।
हुन त आपैmलाई शीर्षकअनुसार लेख्नुपर्नेमा बांगोटिंगो हुन लागे जस्तो लागेको छ । त्यसैले मुख्य विषयमाथि केन्द्रीत भएर लेख्नु पर्दा वास्तवमा नेपाली कांग्रेस नामको राजनीतिक दलभित्र औपचारिक रुपमा हिन्दु धर्मको राजनीति भित्र्याउन खोज्ने व्यक्ति स्वर्गीय खुमबहादुर खड्का थिए । जो नेपाली कांग्रेस सत्तामा जाँदा पटकपटक मालदार वा भनौं कमाऊ मन्त्रालयको मन्त्री भएका थिए । त्यसपछि नेपाली कांग्रेसमा हिन्दु धर्मको कुरो उठाउने वर्तमान महामन्त्री शशांक कोइराला देखिएका छन् । हुन त उनले हालै सकिएको नेपाली कांग्रेसको महासमितिको औपचारिक भेलामा उठाएनन् । तापनि महासमितिमा भाग लिन आएका केही केन्द्रीय तहका नेता, महासमिति सदस्यसहित थोरै कार्यकर्ता भने नेपाली कांग्रेसमा हिन्दु धर्मको ‘भूत’ भित्र्याएर ‘हिन्दु धर्मको गन्धे’ राजनीति गर्नतर्पm लागेका थिए । तर, उनीहरु सफल भएनन् । किनभने, नेपाली कांग्रेस पार्टीले नै यो एजेन्टालाई प्रवेश हुन दिएन । तर, नेपाली कांग्रेसले पनि कमल थापाले जस्तै हिन्दु धर्मको गन्धे राजनीति गर्नुपर्ने ! भनी महासमितिमा भाग लिन आएका नेपाली कांग्रेसका केन्द्रीय तहका केही नेता कार्यकर्ताहरु भने कन्धनी कसेर लागेका थिए । हुन पनि महासमितिमा भाग लिन आएका कार्यकर्ता (महासमिति सदस्य) पनि कस्ता ? बैठकस्थलको गेटमै बसेर नाम र हस्ताक्षर संकलन गरेर बस्नेहरुले आप्mनो नाम र हस्ताक्षर के प्रयोजनका लागि संकलन गरेका हुन् ? बुभ्mदै नबुझी आप्mनो नाम र हस्ताक्षर बुझाए ?
फलतः महासमितिमा भाग लिन आएका र हिन्दु धर्म नमान्ने वा भनौं धर्मप्रति चासो नै नरहेका केही प्रतिनिधिहरु (मुस्लिम, आदिवासी जनजाति, दलित लगायत) सुरुमा आप्mनो नाम र हस्ताक्षर बुझाए । त्यसपछि त के चाहियो र ? नेपाली कांग्रेसमा रहेका आर्य र खस समूह मात्रै होइन, मुस्लिम, आदिवासी जनजाति, दलित लगायत पनि हिन्दु धर्मको पक्षमा छन् ! भनी प्रचारप्रसार गर्न भ्याइ हाले ।
हुन त नेपालमा धर्मको सम्बन्धमा कुरो गर्नुपर्दा धार्मिक रुपमा ‘हिन्दु, बौद्ध र किरातहरु एकै हुन् !’ भन्नेहरुको ठूलो जमात छ । उनीहरुको तर्क के छ भने, नेपालका हिन्दु, बौद्ध र किरातहरु ‘ऊँ कार परिवार’भित्रका हुन् । उनीहरुले दिने अर्को उदाहरण भनेको २०६८ को राष्ट्रिय जनगणनाको परिणाम पनि हो । हुन पनि उक्त जनगणनाले नेपालमा ८१.३ प्रतिशत हिन्दु धर्म मान्ने जनसंख्या रहेको देखाइएको छ । तर, अचम्म के छ भने, नेपालका आदिवासी जनजातिको जनसंख्यालाई केवल ३५ प्रतिशत र मुस्लिम धर्म मान्ने ४.४ प्रतिशत मान्ने हो भने पनि नेपालमा हिन्दु धर्म मान्नेहरुको जनसंख्या लगभग ६० प्रतिशत मात्रै हुनु पर्ने हो । उता हिन्दू धर्म मान्ने भनिएको नेपालका दलित, मधेसी, बाहुन, क्षेत्री, ठकुरी, सन्यासी लगायतका जात समूहका मान्छेहरुको पनि ठूलो संख्या क्रिश्चियन धर्मतर्पm लागेको प्रष्टैसँग देखिन्छ । अझ नेपालका ठूल–ठूला चर्चका प्रमुखहरु समेत पाण्डे, शर्मा, तिमल्सेना/तिम्सिना, बाहुनहरु, थापा, रोकाया लगायत क्षेत्रीहरु, श्रेष्ठ, मर्जजन लगायत नेवारहरु (जो तुलनात्मकरुपमा गैर हिन्दु मानिन्छ), गजमेर, बिक, नेपाली लगायत दलितहरु छन् । कुनै बेला नेपालको सम्पूर्ण चर्चहरुको संगठनको प्रमुख नै डाक्टर केबी रोकाया क्षेत्री थिए भन्ने त नेपाली कांग्रेस, राप्रपा नेपाल, पूर्व एमाले लगायतका दलमा रहेका र हिन्दु धर्मको गन्धे राजनीति गर्न चाहनेहरुले बिर्सिएका छैनन् होला !
यस्तो हँुदाहँुदै पनि २०६८ को राष्ट्रिय जनगणनामा नेपालमा हिन्दुको जनसंख्या बढेको देखाउनु भनेको शंकास्पद नै हो । यस्तो नहोस् भनेरै विगत लामो समयदेखि आदिवासी जनजाति, दलित, मधेसी आदि समुदायले केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना गर्ने कार्य गर्दा खपत हुने गणक (जनशक्ति) आफ्नै समुदायका अगुवालाई तालिम दिएर खटाओस् भन्ने माग राख्दै आएको थियो÷छ । तर, यस विषयमा सम्बन्धित पक्षले (खासगरी नीति निर्माण गर्ने ताहमा रहेका सरकारी कर्मचारी, राजनैतिक दल र तिनका नेता र हिन्दु धर्मका अनुयायीहरु) कहिल्यै पनि गम्भीर रुपमा सोचेनन् । माथि नै भनिएभैंm नेपालका हिन्दु, बौद्ध र किरातहरु एउटै ‘ऊँ कार परिवारभित्र’का हुन् भन्नेहरु नेपालका हिन्दु, बौद्ध र किरातहरु धार्मिक रुपमा कसरी एउटै/एकै हुन् ? भनेर दरिलो र यथार्थ प्रमाणसहित उदाहरण भने दिने गरेको देखिदैन । यदि साँच्चै बौद्ध र किरातहरु पनि हिन्दु नै हुन् भने किन बौद्ध र किरातहरुले गौ–भक्ष गर्छन् ? किन हिन्दु धर्मालम्बीहरुले जसरी बौद्ध र किरातहरुले गाईलाई माता र गोरुलाई पिता मान्दैनन् ? किन गाईलाई हिन्दुले जसरी धनको देवी÷लक्ष्मी मान्दैनन् ? भन्नेतिर पनि उनीहरुको ध्यान गएको देखिदैन ।
यसरी हिन्दु धर्म मान्नेहरुको जनसंख्या बढेको देखिनुमा नेपालको भगौलिक एकीकरणपछिको २४० वर्षे शासनकालमा विभिन्न जातजातिका अगुवालाई स्थानीयस्तरको छोटेराजा÷शासक नियुक्त गर्दै उनीहरुमार्फत स्थानीयस्तरमा ढाक्रे÷रैती (हालको भाषामा भन्नु पर्दा जनता) सम्म हिन्दु धर्म, गोर्खा भाषा, हिन्दु चाडबाड, हिन्दु संस्कार, हिन्दु संस्कृति, हिन्दु चाडाबाड लादिएकोले गर्दा हो । खासमा २०७०, मंसिर–४ मा भएको दोस्रो संविधानसभाको निर्वाचनमा राजनैतिक रुपमा खुलेरै धर्म निरपेक्षताको विरोध गर्ने राजनैतिक दल ‘राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल’ले प्रत्यक्षमा एकसिट नजिते पनि समानुपातिकमा जसरी २४ सिट जित्यो, त्यसले गर्दा पनि नेपाली कांग्रेस, राप्रपा नेपाल, पूर्व एमाले लगायतका दलमा रहेका र हिन्दु धर्मको गन्धे राजनीति गर्न चाहनेहरुले हिन्दु धर्मको गन्धे राजनिीति गर्नु चाहेका हुन् कि ? भन्ने देखिन्छ । विसं २०६४ को पहिलो संविधानसभामा देशभरि प्रत्यक्ष निर्वाचनमा जम्मा दुईसय चारजना उम्मेदवार उठाएकोमा एक सिट जित्ने त के कुरा, एक ठाउँ पनि दोस्रो र तेस्रो स्थान ल्याएन, राप्रपा नेपालले । तथ्यांक स्रोतः ‘माननीय सभासद–२०६४’ नामक किताब । तर, दोस्रोपटक भएको संविधानसभाको निर्वाचनमा भने समानुपातिकमा २५ सिट जित्यो । राप्रपा नेपालले आप्mनै बलबुताले २५ सिट जितेको थिएन । २०७४ को तीनवटै निर्वाचनमा आइपुग्दा नेपालका किरात, क्रिश्चियन र मुस्लिमहरुले राप्रपा नेपालको इज्जत बचाई दिएको थियो
साथै हालै भारतमा सकिएको केही प्रदेशको विधानसभाको निर्वाचन परिणामलाई आधार मानेर पनि नेपालमा धर्मको राजनीति गर्न चाहने राजनीतिक दल र तिनका नेताहरुले पाठ सिक्नुपर्ने हो । किनभने, भारतमा पनि अति कट्टरपन्थी हिन्दुहरुको जमातलाई अघि लाएर राजनीति गर्दै आएका नरेन्द्र मोदीको दल भाजपाले कस्तो परिणाम भोग्नुपर्यो ?
र, अहिले नै नेपाली कांग्रेस, राप्रपा नेपाल, पूर्व एमाले लगायतका दलमा रहेका नेता कार्यकर्ताहरु जो नेपालमा हिन्दु धर्मको राजनीतिको फसल लाग्ला कि ? भनी कन्धनी कसेर लाग्न खोजेका छन्, उनीहरुमध्ये कति जनाले दिसा बस्न जाँदा आचमनी गर्छन् ?, कति जनाले निधारमा रक्त–चन्दन धस्छन् ? कतिजनाले र छातीमा श्रीखण्ड धस्छन् ?, कति जनाले टुप्पीमा शिखा पार्छन् ? (सन्दर्भ स्रोतः सरदार भीम बहादुर पाँडेको ‘त्यस बखतको नेपाल’) लगायतका प्रश्न नगौं होला ! kehinajannekulung@gmail.com
२५ पुस २०७५, बुधबार
161
Shares







