समस्त विश्वजगतमा महिला नेर्तृत्व्को माग राज्य स्तरबाट भई रहेको वर्तमान परिप्रेक्षमा नेततृत्वमा महिला सहभागितको खास माग राज्यस्तर बाट बन्ने हरेक नीतिमा समावेशी र समतामुलक नीतिहरु निमार्णका लागि हुने गरको बुझाई अझै पनि हाम्रो समाजमा छैन । पत्रकारिता क्षेत्रले समग्र आम जनताको माग, भावना र आवश्यकता लाई सबोधन गर्न राज्यको निकाय सम्म पुलको काम गर्छ । तसर्थ पत्रकारिता क्षेत्रकै नेतृत्व तहमा पनि समावेशीता हुन आवश्यकता छ भन्ने माग अहिलेकाृे वर्तमान समय परिस्थितिको माग रहेको छ ।
इतिहासलाई हेर्दा सर्वप्रथम विक्रम संवत १९७१ मा बनारस बाट प्रकासित हुने चन्द्र मासिक मा प्रकासित “स्त्री शिक्षा” (सुकेसी) तथा विक्रम संवत १९८३ मा देहरादुन बाट प्रकासित गोरखा साप्ताहिकमा दिव्य कुमारी देवि कोइराला द्धारा लिखित “स्त्री शिक्षाको महत्व” शीर्षक अन्तर्गतका लेखहरु मपार्फत विगतमा वेदको अध्ययनका लागि तत्कालीन समाजले छुट दिएता पनि पछिल्ला समयमा समाजले महिला शिक्षामाथि लगाएको बन्देजका कारण महिलाहरु नीतिगत तहमा पुग्न र निर्णाक भुमिका निर्वाह गर्न बाट बंचित हुंदै गएको विषयमा केन्द्रित थियो । तात्कालिन रुढी ग्रस्त समाजप्रति कटाक्ष गर्दै महिलाहरुको समाज, राज्य र परिवार प्रतिको योगदानलाई नजरअन्दाज गरेकोे सो क्रान्तिकारी अभिव्यक्ति संगै महिला पत्रकारहरुको क्रमस उदय भएको इतिहास बोल्छ ।

खासमा महिला वर्गको शिक्षामाथिको अधिकार तथा महिलाका आत्म सम्मान तथा मुल्य मान्यतालाई प्रति गम्भीर हुन तत्कालीन समाज र राज्यलाई घच्घच्याएको थियो ती प्रस्तुतिले । यसरी समाजिक न्याय, महिला सशक्तिकरण र महिलाका मानव अधिकारका अयवय हरुलाई स्थापित गर्न महिला पत्रकारहरुको खास भुमिका रहेको विषयले विगत देखि हाल सम्म निरन्तरता लिई रहेका छन् ।
विगतमा महिलाको शिक्षामा पहुंचका लागि आवाज उठेका “स्त्री” शिक्षा जस्ता महिला विकास संग प्रत्यक्ष सरोकार राख्ने मुद्धामा सक्रिय रहेका महिला पत्रकारका जमातहरुले तात्कालीन निरंकुश शासन व्यवस्थाको अन्त्य पछि पहिलो निर्वाचनमा महिलाहरुले पनि भोट दिन पाउने अधिकारका लागि सत्याहग्रह सम्म गरे । महिला वर्गले पनि भोट दिन पाउने अधिकार प्राप्त भए पश्चात त्यही खुशियालीमा तात्कलीन नेतृ साधना प्रधानको सम्पादकत्वमा महिला मासिक पत्रिका प्रकाशित भएको थियो । यसले के प्रमाणित गर्दछ भने प्रजातन्त्र प्राप्तिमा महिला नेर्तहरुको खास भुमिका रहेता पनि पुरुष सरह भोट दिने अधिकार बाट भने वंचितिकरणमा पार्न खोजेको थियो तात्कालीन नया शासक वर्गले ।
कालान्तरमा प्रजातन्त्र प्राप्तिकै खातिर होमिएका पत्रकारहरुको जमातले पत्रकार जगत संगठीत गर्नैका लागि नेपाल पत्रकार संघको स्थापना पनि विभिन्न चरणमा गरिए । तर मुलधारको नेर्तत्वमै रहेका साधना प्रधान, कामक्षा देवी जस्ता महिला पत्रकार हस्तीहरु भने ती संगठनमा समाहित नहुनु उदेक लाग्दो छ महिला पत्रकारका लागि ।
नेपाल पत्रकार संघमा महिला नेतृत्व
नेपालमा प्रजातन्त्रको अवतरण पछि विक्रम संवत २०१२ सालमा पत्रकार संघको स्थापना भयो । कृष्ण प्रसाद भट्टराईको सभापतित्वमा स्थापित सो संगठनको स्थापना पश्चातको कार्य समितिले निरन्तरता लिंदै २०१९ साल अशोज १५ मा गठित पशुपति देव पाण्डेको कार्यकारिणमा मात्र सर्वप्रथम महिला पत्रकार शशीकला शर्मा (सम्पादकः स्वास्नी मान्छे ) सहितको सात सदस्यिय कार्य समितको चयन भयो । यसरी हेर्दा प्रजातन्त्र स्थापनका लागि अर्थपुर्ण सहभागिता रहेका महिला पत्रकारको सहभागिता भने नेर्तत्व तहमा आउने सहज वातावरण बनेको देखिएन तात्कालिन पत्रकार संघमा । त्यसपछिका दिनहरु पनि नेपाल पत्रकार संघ महिला नेर्तत्व विहिन नै रहेको तात्कालिन वरीष्ठ पत्रकारहरुको भनाई रहेको छ ।

नेपाल पत्रकार महासंघमा अहिले २०४६ साल पछि बनेका कार्य समितका माईन्युटिंग मात्र उपलब्ध छन् । त्यस अघिका माईन्यटिंग कोसंग र कुन अवस्थामा छन् भन्ने विषयमा विगतका कार्यकारिणी हरु जो अहिले जिवित अवस्थामा हुनुहुन्छ, उहांहरुलाई समेत जानकरी छैन । अहिले मात्र २०४३ को एक माईन्युटिंगको एक फोटोकपी २०४६ सालको कार्य समितमा रहेका तात्कालीन वरीष्ठ पत्रकार मल्ल के सुन्दरबाट प्राप्त भएको छ । जुन अभिलेखले २०४३ सालको मणीराज उपाध्यायको सभापतित्वमा गठीत कार्यकारी समितिमा चन्द्रकला “आंचल” महिला सदस्यको रुपमा मनोनित भएको प्रमाणित गर्दछ । यसरी प्राप्त भएको अभिलेखले चन्द्रकला “आँचल” पत्रकार संघमा नेर्तत्व लिने दोश्रो महिला पत्रकारको रुपमा रहनु भएको छ । तर शुशिल शमशेर जवरा संग विहे पश्चात पत्रकातिा क्षेत्र बाट उहां क्रमस पलायन हुनुभयो । पत्रकार आँचलले पत्रकारका हीतका खातिर पत्रकार कल्याण कोष स्थापनका लागि रु १००१० (दश हजार दश) रकम कि मनीका रुपमा योगदान गरी नेपाल पत्रकार महासंघ तथा पत्रकार जगतका लागि लगाएको थियो, उनको यो गुन लाई पत्रकारिता क्षेत्रले सदा सम्झि रहने छ ।
विक्रम संवत २०४६ देखि २०४९ को गोविन्द वियोगीको सभापतित्वमा गठित पन्ध्र सदस्यिय कार्यकारि समितिमा प्रेम कुमारी पन्त महिला नेर्तत्वको पंत्तिमा तेश्रो महिला पत्रकार हुनुहुन्छ । त्यस्तै सर्व सम्मतमा हरीकला अधिकारी सदस्यमा निर्वाचित हुनु भयो विक्रम संवत २०४९ देखि २०६२ को कार्यकारी समितमा । एक्काईस सदस्यिय सो कार्य समितिका सभापति होमनाथ दाहाल हुनु हुन्थ्यो । अझै पनि पत्रकार संघ प्रजातान्त्रिक पद्धतीको अभ्यासमा भने खासै व्यावशायिक हुन सकेको थिएन खास गरी महिला नेर्तत्वको सवालमा । तर विक्रम संवत २०५२ देखि २०५४ को हरीहर विरहीको सभापतित्वमा गठीत कार्यकारी समितिमा सर्वप्रथम महिला पत्रकार राधा बुढाथोकी उपसभपातिको रुपमा मध्यमांचल विकास क्षेत्रबाट निर्वाचित हुनु भयो, अठार सदस्यिय कार्यकारी समितिमा । सोही कार्य समितिले महिला पत्रकार बबिता बस्नेत (नेपाली पत्र – पत्रिका ) र जसुदा प्रधान (संरचना – पत्रिका) समेतलाई योजना तथा कार्यक्रम समितमा मनोनयन गरिएको थियो ।
राधा बुढाथोकी कै नेर्तत्वमा सर्वप्रथम धनकुटामा महिला पत्रकारहरुको तालिम संचालन गरियो भने नेपाल पत्रकार संघको इतिहासमा पहिलो पल्ट महिला सम्मेलन पनि सम्पन्न भयो । तत्पश्चात विक्रम संवत २०५४ देखि २०५६ सालको किशोर नेपालको सभापतित्वमा गठीत (अठार्रौ महाधिवेशन) कार्यकारी समितमा सर्वप्रथम दुई महिला पत्रकार मनोनित हुनु भयो । जसुदा प्रधान र शोभा गौतम । यही कार्यकारी समितिले क्रमस अमृता बास्कोटा, रमिता लामा लगायतलाई आचार संहिता अनुगमन र भोजन उपसमितिका सदस्यमा मनोनयन ग¥यो ।
महिला पत्रकारको अनुभवलाई पत्रकार संघको नीति निर्णय र निमार्णमा आवश्यकता महशुसकै कारण महिला पत्रकारको उपस्थितिलाई पत्रकार संघले क्रमस आत्मसात गर्दै गरेको अनुभुति समय समयमा गरिएका विभिन्न उपसमतिमा महिला पत्रकारको उपस्थितिलाई संबोधन गरिएबाट हुन्छ ।
विक्रम संवत २०५६ देखि २०५९ को सुरेश आचार्यको कार्यकारी समितमा महिला पत्रकार रमा सिंहलाई मनोनित गरिएको थियो । त्यस्तै विक्रम संवत २०५९ देखि २०६२ को तारानाथ दाहाल को सभापतित्वमा गठित सत्र सदस्यिय कार्य समितिमा सर्वप्रथम महिला पत्रकार निर्मला शर्मा खुल्ला प्रतिस्पर्धा बाट निर्वाचित हुनु भयो । निर्मला शर्माकै कार्यकालमा थप महिला पत्रकारलाई मनोनयन गर्ने सिलसिलामा महिला पत्रकार विष्णु शर्मा मनोनित हुनु भयो भने अव उप्रान्त महिला पत्रकारको बाक्लो उपस्थिति पत्रकार महांघमा हुनु पर्छ र महासंघ समावेशी हुनु पर्छ भन्ने सिद्धान्तलाई अंगिकार गर्दै निर्मला शर्माको नेर्तत्वमा सर्वप्रथम महिला समिति बनाउने परम्पराको थालनी भयो । जसमा क्रमस र्निमला आचार्य, यशोदा तिम्सिना, गंगा बराल, कोमल ओली, शुभेक्षा विन्दु, हरीकला अधिकारी, तारा रावल, अनुराधा पौडेल लगायतलाई मनोनयन गरियो । निर्मला शर्माकै नेर्तत्वमा दोश्रो महिला पत्रकार सम्मेलन पनि सम्पन्न भयो ।
त्यस्तै सो कार्य समितिले विद्युतिय संचार माध्ययम प्रवद्धन समितिले महिला पत्रकार रमा सिंह र स्थानीय पत्रकारिता प्रवद्धर्न उपसमितमा महिला पत्रकार पार्वती श्रेष्ठलाई समेत मनोनयन ग¥यो । तत्पश्चात विक्रम संवत २०६२ देखि २०६५ को विष्णु निष्ठुरीको सभापतित्वमा गठित कार्य समितिमा महिला पत्रकार दुर्गा कार्कीलाई मनोनित गरिएको थियो । त्यस्तै विक्रम संवत २०६५ देखि २०६८ को धर्मेन्द्र झाको सभापतित्वमा गठित कार्य समितिमा महिला आरक्षण बाट यशोदा तिम्सिना सर्वप्रथम सदस्यमा निर्वाचित हुनु भयो भने महिला पत्रकारको कमीलाई महसुस गरी महिला पत्रकार गौरी कठायतलाई मनोनित गरियो । नेपाल पत्रकार महासंघमा महिला सदस्य कोटा बाट आएपछि पत्रकार महासंघमा पहिलो पल्ट समावेशी आवाजलाई संबोधन भयो त्यो थियो सर्व प्रथम तीन जना महिला पत्रकारको लागि आरक्षण लगायतका समावेशी अभियानले समेत पुर्णता लिने काम ।

तत्पश्चात विक्रम संवत २०६८ देख २०७१ के शिव गाउंले नेतृत्वको ३१ सदस्यिय कार्य समितिमा सर्वप्रथम खुल्ला प्रतिस्पर्धा बाट महिला पत्रकार यशोदा तिम्सिना उपाध्यक्ष पदमा निर्वाचित हुनु भयो । सो कार्य समितमा दुर्गा भण्डारी, संगिता खड्का,शान्ता बस्नेत लगायत महिला कोटामा महिला पत्रकार सदस्य निर्वाचित हुनु भयो र दलित कोटा बाट खुल्ला प्रतिस्पर्धा बाट थप एक महिला पत्रकार निशा विश्वकर्मा निर्वाचित भए पश्चात महिला पत्रकारहरुको निर्वाचित संख्या पाँच पुग्यो । यो कार्य समिति नेपाल पत्रकार महासंघमा सर्वप्रथम महिला पत्रकार प्रतिस्पर्धा मार्फत निर्वाचित भएको पहिलो थियो भने महिला कोटाको शुरुवाट पनि यही कार्यकाल देखि शुरु भयो । विक्रम संवत २०७१ देखि २०७४ को महेन्द्र विष्टको सभापतित्वमा गठित कार्य समितिमा समावेशीका को कोटामा उपाध्यक्षमा अनिता विन्दु निर्वाचित हुनु भयो भने महिला सचिवमा सर्व प्रथम संगिता खड्का निर्वाचित हुनु भयो । त्यस्तै महिला कोटामा पवन वर्ष शाह, सरिता ढकाल तथा निलिफा सुव्वा निर्वाचित हुनु भयो भने, पहिलो पल्ट लेखा समितिको समेत विधान सम्मत प्रावधानले एक महिला सदस्य अनिवार्य गरेका कारण थप एक महिला पत्रकारको थप एक पद नीतिगत तहमा शुनिस्चत भएको थियो । जसमा सर्वप्रथम रंजना पौडेल निर्वाचित हुनु भएको थियो । खुल्ला प्रतिस्पर्धा बाट सुष्मा पौडेल निर्वाचत भए पछि सो कार्य समितिमा महिला पत्रकारको संख्या ६ पुगेको थियो । सो कार्य समितिको सुझबुझ र मेहनतका कारण मान्नु पर्छ अहिले हरेक जिल्ला र प्रदेशमा अनिवार्य महिला उपाध्यक्ष र महिला सदस्यहरुको प्रावधान राखे पश्चात नेपाल पत्रकार महासंघमा महिला पत्रकारको उपस्थिति नीतिगत लगायतमा केही हद सम्म शुरक्षित भएको छ । सोही कार्य समितिका महिला संयोजक अनिता विन्दुले तेश्रो महिला पत्रकार सम्मेलन समेत आयोजना गरेको थियो ।
समग्रमा नेपाल पत्रकार महासंघको गरिमामय इतिहासका शुरुवाती दिनहरुमा महिला पत्रकारहरुको उपस्थिति झिनो भएता पनि विगतको तुलनामा अहिले महिला पत्रकारको उपस्तिमा विगतका महिला पत्रकारहरुको नेतृत्वको परिपक्वता, तिनिहरुका क्षमता र महासंघमा महिलाको उपस्थितिको आवश्यकतालाई तात्कालीन नेर्तत्वलाई समझादारीमा ल्याउन अर्थपुर्ण योगदान रहेको छ । विगतमा राधा बुढाथोकी, निर्मला शर्मा, यशोदा तिम्सिना तथा अनिता विन्दु लगायतको नेर्तत्वले कहिले महिला पत्रकार सम्मेलन त कहिले महिला पत्रकारलाई व्यवशायिक र क्षमता विकास लगायतका तालिम त कहिले नेर्तत्वमा महिला पत्रकारको उपस्थितिका लागि बैठकहरुमा एजेण्डा प्रस्तुतिकरण सहजीकरण र संबोधनका लागि आवाज बुलन्द गरिएका कारण आजका दिन महिला पत्रकारका लागि नेपाल पत्रकार महासंघको कार्यकारिणीमा महिला पत्रकारको उपस्थिति क्रमस बाक्लिंदै गएको छ । महिला पत्रकारका हीत र व्यावशायिक लगायतका शुरक्षाका लागि महिला पत्रकारको नीतिगत तह सहितका पदहरु महिला पत्रकारका लागि आकर्षण बनेको छ । पत्रकारिता क्षेत्रमा महिला पत्रकार संग प्रत्यक्ष सरोकार राख्ने चाहे त्यो लैंगिक हिंसाका विषय वस्तु होस वा महिला पत्रकारको व्यावशायिक शुरक्षाका लागि आवश्यक भौतिक संरचना लगायतका अवयवहरु, सोको सुनिश्चतताका लागि महिला पत्रकार स्वयंले आवाज बुलन्द गरी नीति निमार्ण र सोको कार्यान्वयनका लागि पहल गर्नु पर्ने विधिसम्मत कार्यका लागि महिला पत्रकारको उपस्थिति नेपाल पत्रकार महासंघमा हुनु पर्छ भन्ने सोचको विकास महिला पत्रकार माझ मौलाएकोे छ ।
अन्तमा विचारणीय पक्ष क ेपनि हो भने नेपाल पत्रकार महासंघको कार्य समितिले अझै पनि महिला पत्रकारको नेतृत्व राज्यले दिएको ३३ प्रतिशतको अनिवार्य उपस्थितिलाई आत्मसात गर्न सकेको छैन । कुल नेर्तत्वमा महिला पत्रकारकारको नेतृत्व १२ प्रतिशत रहनाले विगतको निरंकुश शासन व्यवस्था देखि लोकतानित्रक गणतन्त्र नेपालको राज्य सयन्त्रमा समेत महिलाको नेतृत्वको सहभागिता प्रति खासै उदार हुन नसकेको प्रमाणि हुन्छ । जिल्ला र प्रदेशमा महिला उपाध्यक्षको अनिवार्य प्रावधान रहेतापनि केन्द्रमा भने अनिवार्य महिला उपाध्यक्षको उपस्थिति बारे तात्कालीन विधान संसोधन समिति समेत गम्भीर नरहेको प्रमाणित हुन्छ ।
आशा गरौं हालको कार्य समितले आगामी दिनको विधान संसोधनमा, अनिवार्य महिला उपाध्यक्ष लगायत रुपान्तरित समावेशी लोक कल्याणकारी समाजको निमाणार्थ अनुरुप दलित , आदिवासी जनजाति तथा मधेशी लगायत सिमान्तकृत वर्ग समुदायका महिला समेतलाई समेट्ने छ । पत्रकारिता समाज कल्याणका लागि पनि हो । समाज विकासले समग्र राष्ट्रको सर्वांगीन विकासलाई उद्धेलित गर्छ भने शान्ति तथा पुर्न निमार्णको आधार स्तम्भ सामजिक सदभाव कायम गर्ने माध्ययम पनि बन्छ र हो पत्रकारिता । तसर्थ पत्रकारिता क्षेत्रको नेतर्तत्वमा रुपान्तरीत समाज र राज्यको परिकल्पना अनुरुपको विधान बनाउनु अहिलेको कार्य समितको जिम्मेवारी पनि ठर्हदछ । amatyameera@gmail.com







