२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

नायिका बन्छु भन्दै नताशाले ग्ल्यामर फोटोसुट गरिन ! (फोटोफिचर)


१९ जेष्ठ २०७६, आइतबार  

21
Shares

काठमाडौं । मंगोलियन अनुहारकी नताशा ब्लोन तामाङ्ग हेटौडाकी स्थायी बासिन्दा हुन् । हाल भक्तपुर नयाँठिमीमा बसेर अध्ययनसँगै मोडलिङ्गमा सक्रिय उनले पहिलोपटक गायक प्रयाश दोङ्गको सेलोगित मार्फत काँचका पर्दामा देखिएकी थिईन ।

नताशाले अहिलेसम्म आधादर्जन गीतका म्युजिक भिडियोमा आफूलाई कुशल मोडलका रूपमा उतारेकी छिन् । पछिल्ला दुई वर्षदेखि मोडलिङमा सक्रिय नताशा विभिन्न सांस्कृतिक कार्यक्रम हुँदै म्युजिक भिडियोसँग जोडिएकी हुन् ।

मकवानपुरको हेटौडा कला केन्द्रबाट नृत्यको तालिम लिएपछि अध्ययनको लागि काठमाडौं आएकी उनले हाल मध्यपुर ठिमीमा पनि नृत्य ट्रेनिङ्गलाई नियमित गरिरहेकी छिन । उनि नेपाली, लोक, हिपहप नृत्यमा अब्बल छिन ।

नायिका बन्ने लक्ष्यका साथ कलाकारितामा लागेकी नताशाले नृत्य प्रस्तुतिको लागि हेटौडामा हुने प्रायः महोत्सवमा नछुटाई आफ्नो कला प्रदर्शन गरेको बताईन । उनले त्यो बाहेक चितवन, बुटवल, नेपालगंज, हुम्जा, जुम्ला, रामेछाप लगायतको महोत्सबमा आफुलाई प्रस्तुत गरेर धेरै प्रसंशक कमाएकी छिन ।

मोडलिङ्गमा ग्ल्यामर आवश्यक ठान्ने नताशाले काठमाडौँ पुतलीसडक स्थित ‘आर्टिस्टनेपाल स्टुडिजोज’मा विभिन्न ग्ल्यामर पोजहरुमा फोटोसुट गरिन । आर्टिस्टनेपाल धेरै मोडल तथा कलाकारको ड्रिम भएको र आफुपनि जोडिन पाएकोमा खुसि भएको बताइन ।
रहरैरहरमा रंगमञ्च हुँदै काँचका पर्दामा छाएकी नतशा यसैलाई निरन्तरता दिन खोजिरहेकी छिन् । कुशल नृत्यांगना तथा मोडल नतशा भन्छिन्, ‘अभिनय र नृत्य गर्न सक्छु, अफर आउँदा जस्तो सुकै किसिमका भूमिका निर्वाह गर्न सक्छु ।’


मोडल: नताशा ब्लोन तामाङ
मेकअप: सरिता थापा मगर (ईन्टरनेसनल ब्युटी क्लब)
स्टुडियो: आर्टिस्ट नेपाल स्टुडियोज एण्ड प्रोडक्सन
ड्रेस सौजन्य: यु ओसिस (विश्वज्योति मल, पहिलो तल्ल, जमल)

प्रकाशित मिति : १९ जेष्ठ २०७६, आइतबार  ५ : २६ बजे