काठमाडौँ । जादुमयी नृत्य प्रस्तुतीका कुशल नृत्याङ्गना टेरिया मगरको नृत्यले कसलाई प्रभावित पार्दैन होला ? उनको नृत्यले नेपालीहरुको मात्र होइन सम्पूर्ण भारतीय नागरिकको पनि मन जितेकी छिन् ।

नृत्यबाटै उनले नेपाल र भारतमा धेरै उपाधि जितिसकेकी छिन् । सानै उमेरदेखि नृत्य गर्दै आएकी मगरले अन्ततः सन् २०१४ को चर्चित भारतीय रियालिटी सो ‘डीआईडी लिटिल मास्टर’को विजेता हुँदै सम्पूर्ण भारतीय नागरिकको मन जितिन् । त्यसपछि उनी फेरी अर्को भारतीय रियालिटि सो ‘झलक दिखला जा’मा समेत विजेता बनिन् ।
१४ वर्षको उमेरमै चर्चीत रियालिटि सो को बिजेत ाबनेपछि उनी निकै चर्चित भइन् । उनलाई देशदेखि विदेशसम्म स्टेज कार्यक्रमका लागि लैजानेको होडबाजी नै चल्यो । उनको भविष्यमा कोरियोग्राफर बन्ने चाहना छ । यसको साथै अभिनयलाई पनि अगाडि बढाउने चाहना रहेको बताइन् । केही समय भारतमै करिअर बनाउने सोचमा छिन् ।

टेरिया देश विदेशका कार्य्रकममा समेत निकै व्यस्त छिन् । उनी गायन क्षेत्रमा पनि त्यत्तिकै अब्बल छिन् । केही समय पहिले आफ्नो सुरिलो आवाजमा पहिलो पटक कभर गीतमा स्वर दिएकी छिन् । उनले “तिम्रो माया बाँधेर राख” गीतको कभर गीत बनाएकी हुन् । उनी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय हुन्छिन् ।
फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा उनको फलोअर्स पनि धेरैै छन् । विभिन्न फोटो तथा भिडियोहरु शेयर गरि रहन्छिन् । प्रत्यक्ष लाइभमा आएर फ्यानसँग पनि कुरा गरिरहेकी हुन्छिन् । हालै उनले आफ्ना फ्यानका लागि सामाजिक सञ्जालमा प्रकृतीसँग रमाउँदै नेपालमा घुमेका केही नयाँ तस्वीर सार्वजनिक गरेकी छन् ।












