काठमाडौं । सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिकालाई सर्वोच्च अदालतले दिएको अन्तिरिम आदेश खारेज गरेको छ । न्याधिषद्धय दीपककुमार कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले सर्वोच्चद्धारा दिइएको अन्तरिम आदेश खारेज गरेको हो ।

डिल्लीबहादुर खुलाल बस्नेतले दिएको रिटको फैसला गर्दै न्याधिषद्धयले गाउँपालिका शिक्षा समितिले गरेको निर्णयलाई नै सदर गरेको छ । अब गाउँशिक्षा समितिले गरेको निर्णय अनुसार नै शिक्षकहरु सरुवा भएर कार्यक्षेत्रमा जानु पर्नेछ ।
जिल्ला प्रशासन कार्यालय शिक्षा विकास तथा समन्वय इकाइ सोलुखुम्बुलाई समेत विपक्षी बनाई रिट दायर भएको थियो । रिटको सुनुवाई गर्दै न्याधिष प्रकाशकुमार ढुंगानाको एकल इजलासले गएको जेठ २४ गते असार ३ गतेसम्मका लागि निर्णय कार्यान्वयन नगराउनु भन्दै अन्तरिम आदेश दिएको थियो ।
सर्वोच्च अदालतले अन्तिरिम आदेश खारेज गरेपछि थुलुङदुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले सम्मानित अदालतले जहिल्यै पनि सत्य र साँचोको पक्षमा फैसला गर्ने प्रतिक्रिया दिए । अध्यक्ष राईले भने ‘रातदिन नभनी भविष्यका कर्णधार विद्यार्थीहरुको लागी खट्नुहुने गुरुवर्गप्रती सम्मान व्यक्त गर्दै कामचोर शिक्षकहरुलाई जोत्ने समय अब शुरु भएको छ ।’








