थुलुङदुधकोशीलाई शिक्षक सरुवा कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

Facebook Debugger

काठमाडौं । सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिकाले गरेको शिक्षक सरुवा असार ३ गतेसम्म कार्यान्वयन नगर्न सवोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायधिश प्रकाशकुमार ढुंगानाको एकल इजलाशले गाउँपालिकाले गरेको शिक्षक सरुवा कार्यान्वयन नर्गन अन्तरिम आदेश दिएको हो ।

थुलुङदुधकोशी गाउँपालिकाले शैक्षिक सुधारका लागि भन्दै गाउँपालिका भित्रको विभिन्न विद्यालयका शिक्षक सरुवा गएको वैशाख २५ गतेको बैठकले निर्णय गरेको थियो । २०७६ लाई ‘शैक्षिक सुधार वर्ष’ घोषणा गरेको गाउँपालिकाले ६ वटा विद्यालय गाभ्ने र ६७ जना शिक्षकलाई सरुवा गर्ने निर्णय गरेको थियो ।
असार ३ गते विपक्षीलाई सर्वोच्च अदालतमा उपथित हुन आदेश समेत दिइएको छ । राजनीतिक द्धेष राख्दै गाउँपालिकाले एकलौटी शिक्षक सरुवा गरेको भन्दै शिक्षक युनियन सोलुखुम्बुले विरोध गरेको थियो ।

 

Published On:  890पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार