१९ आश्विन २०८३, सोमबार | Tue Oct 6 2026

ओखलढुंगा बिब्लाटे गैरी सडक आजदेखि सञ्चालन


सगरमाथा अनलाईन

२० आश्विन २०८१, आइतबार  

469
Shares

सोलुखुम्बु । जिल्लाको नेचासल्यान गाउँपालिकालाई काठमाडौं लगायत देशका विभिन्न सहरसँग जोडने बिब्लाटे, ठोटेने, गैरी, आहाले, ख्याम्पुहुँदै दोदी, नेचा बिहिबारेसम्मको सडक आजदेखि सञ्चालन आएको छ ।

केहि दिन अघि परेको अविरल वर्षाका कारण थप क्षति पुगेको सो सडकमा नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन बाहिङ राई आफै उपस्थित भएर सडक मर्तत गरेपछि सञ्चालनमा आएको हो । ‘अहिले म बोस्याम खोलाको सडकमा थुप्रिएको पहिरो पन्छाइसकेर ठोठ्नेखोला हुँदै टुहुरे डाँडाँ आइपुगेको छु,’ अध्यक्ष राईले भने, ‘टुहुरेको सडक सामान्य मर्मत गरेपछि आजैदेखि गाडि सञ्चालन गर्न सकिन्छ ।’

‘यदि आज राती, भोलितिर पानी परेन र सडकमा थप क्षती पुगेन भने अब निरन्तर रुपमा सडकमा गाडि सञ्चालन गर्न सकिन्छ,’ अध्यक्ष राईले भने, ‘अब केहि दिनसम्म मनसुन अझै रहने भएकाले यसै भन्न सकिन्न । ठूलो पानी परेन, सडकलाई स-साना पहिरोले अवरुद्ध गरेन भने यो सडकमा निरन्तर गाडि चलाउन कुनै समस्या हुँदैन ।’

Sagarmatha

ओखलढुंगा बिब्लाटेहुँदै गैरी, ख्याम्पुसम्म सडकको लम्बाई करिब २२ किलोमिटर रहेको छ । त्यसैगरी बिब्लाटेबाट नेचासल्यान गाउँपालिकाको केन्द्र बिहीबारेसम्म करिब ३५ किलोमिटर रहेको छ ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ८ : २९ बजे