सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा कोरोनाबाट थप एक जना संक्रमितको मृत्यु भएको छ ।

खुम्बुपासाङल्हमु गाउँपालिका वडा नम्बर १ को ७० वर्षिय पदमबहादुर विश्वकर्माको शुक्रबार साँझ मृत्यु भएको हो ।
कोरोना पुष्टि भएपछि जिल्ला अस्पताल फाप्लुमा ४ दिनदेखि उपचार गराईरहेका वि.क.को स्वास्थ्य अवस्था थप जटिल भएपछि ओखलढुंगाको मिसन हस्पिटल लाने तयारी गर्दै गर्दा फाप्लुमै संक्रमितको मृत्यु भएको अस्पतालमा कार्यरत डाक्टरले बताएका छन् ।

सोलुखुम्बुमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि एक जना संक्रमितलाई थप उपचारका लागि झापा लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो ।







