सोलुखुम्बु । विश्वभर महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरसका कारण सोलुखुम्बु जिल्लामा थप एक जना संक्रमितको मृत्यृ भएको छ ।

सोताङ गाउँपालिकाका ८५ वर्षिय एक बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको सोताङ गाउँपालिकाका स्वास्थ्य संयोजक श्रीध्वज राईले बताए । स्वास्थ्य शाखा संयोजक राईका अनुसार स्वासप्रस्वासमा समस्या देखिएपछि बृद्धलाई प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा उपचारका लागि ल्याइएको थियो । तर, शनिबार विहान गरिएको एन्टिजेन परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको ती बृद्धको विहान ९ बजे मृत्यृ भएको थियो ।
मृतकको शव व्यवस्थापन र कोरोना संक्रमणसँग लड्न गाउँपालिकामा सरोकारवालाहरुको वैठक बसिरहेको छ ।

यो सँगै सोलुखुम्बुमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । यस अघि जिल्लामा २ कोरोना संक्रमितको मृत्यृ भएको थियो ।







