२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

नेचासल्यान गाउँपालिकामा कोरोना संक्रमितको संख्या ६५ पुग्यो

सोलुखुम्बु स्थानीय तह कोरोना अपडेट


१२ जेष्ठ २०७८, बुधबार  

357
Shares

सोलुखुम्बु । जिल्लाको नेचासल्यान गाउँपालिकामा कोरोना संक्रमितको संख्या ६५ पुगेको छ ।

पछिल्लो पटक २२ जनामा गरिएको एन्टिजेन परीक्षणममा ६ जनाको रिपोर्ट पोजेटिभ आएसँगै संक्रमितको संख्या ६५ पुगेको स्वास्थ्य शाखा संयोजक यूवराज शर्माले बताए ।

नेचासल्यान ५ मा शंकास्पद लक्षण देखिएका १० जनामा गरिएको एन्टिजेन परीक्षणबाट २ पुरुष र १ महिलामा संक्रमण पुष्टि भएको थियो । नेचासल्यान ४ मा १२ जनामा गरिएको एन्टिजेन परीक्षणबाट १ पुरुष र २ महिलामा संक्रमण पुष्टि भएसँगै गाउँपालिकामा कोरोना संक्रमितको संख्या ६५ पुगेको हो ।

Sagarmatha

यो पनि पढ्नुहोस 

सोलुखुम्बुमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  २ : ०८ बजे