६ असार २०८३, शनिबार | Sun Jun 21 2026

राकासलाई देउसीबाट दुई लाख ७० हजार रुपैया [भिडियो र फोटो फिचर]



काठमाडौं, १५ कात्तिक । रागाँदिप काठमाडौं समाजले देउसी कार्यक्रमबाट दुई लाख ७० हजार रुपैया रकम संकलन गरेको छ । सोमबार चावहिल काठमाडौंको ए–वान पार्टी प्यालेसमा राकासले आयोजना गरेको देउसी कार्यक्रमबाट सो रकम संकलन गरेको समाजका सचिव महेश बाहिङ राईले बताए ।
rakasa-photo-8
https://youtube.com/watch?v=CyiWcM33bgg
ओखलढुंगा जिल्लाको राँगादिप गाविसबाट काठमाडौं आएर बसोबास गरेका बाहिङ समुदायको अग्रसरतामा राकास गठन गरी सामाजिक काम गर्दै आएको छ । समाजको देउसी कार्यक्रममा नेपाल र विदेशबाट राँगादिप बासीले दक्षिणा स्वरुप आर्थिक सहयोग गरेको सचिव बाहिङले बताए । देउसीको दक्षिणा स्वरुप विदेशबाट आर्थिक सहयोग आउने क्रम जारी रहेको पनि सचिव राईले बताए ।
rakasa-photo-4
https://youtube.com/watch?v=VnGn68ugI54
rakasa-photo-5
देउसी कार्यक्रममा ओखलढुंगा जिल्ला क्षेत्र नं. १ बाट निर्वाचित नेकपा एमालेका सांसद यज्ञराज सुनुवारको प्रमुख आतिथ्यतामा भएको थियो । देउसी कार्यक्रममा गायक/गायिका बलबहादुर बाहिङ र करुणा बाहिङले ‘बल्छीले हान्यो की, ढडिया थाप्यौ’ भन्ने बोलको गीत गाएर दर्शकलाई छमछमी नचाएका थिए ।
rakasa-photo-3
https://youtube.com/watch?v=VXqZRmMHwIk
त्यस्तै पहिलो मिस राई तथा गायिका युमा बाहिङ राईले ‘किराती छोरी, मै राम्री मोरी’ भन्ने बोलको किराती गीत गाएका थिए । गायिका राईको गीतमा दर्शकहरु मज्जाले नाचेका थिए ।
rakasa-photo-1
https://youtube.com/watch?v=7wPAxb8Sf8c
rakasa-photo-2
नृत्याङगना एलिना बाहिङ राईले ‘सुर्के थैली खै’, ‘कम्मरमाथी पटुकी’ लगायतका गीतमा नृत्य प्रस्तुत गरेका थिए ।
rakasa-photo-7

rakasa-photo-6

प्रकाशित मिति : १५ कार्तिक २०७३, सोमबार  ५ : ११ बजे