७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

कांग्रेसको अन्तरक्रिया तथा सम्मान कार्यक्रमको तयारी पूरा



काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बुको आयोजना भोली हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइराला, पूर्व सहमहामन्त्री अर्जुन नरसिंह केसी, केन्द्रीय कार्यसम्पादन समिति सदस्य बलबहादुर केसी, केन्द्रीय सदस्य एवं युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलगायतका केन्द्रीय र जिल्लास्तरीय नेताहरूको उपस्थितिमा “नेपाली कांग्रेसको आवश्यकत्ता : सहमति, सहकार्य र एकता” विषयक अन्तरक्रिया तथा अग्रज राजनीतिक व्यक्तित्वलाई सम्मान कार्यक्रम भोली शनिबार काठमाडौंमा हुने भएको छ ।

कांग्रेस सोलुखुम्बुको आयोजनामा हुने उक्त कार्यक्रममा सोलुखुम्बु जिल्लाबाट काठमाडौं आइ विभिन्न पेशा तथा व्यवसायमा संलग्न रहँदै पार्टीमा सक्रिय रहेका नेता, कार्यकर्ता, शुभेच्छुक, समर्थक तथा लोकतन्त्रप्रेमी नागरिकहरूको सहभागिता रहने जिल्ला सचिव युवराज घिमिरेले बताए ।

यो पनि हेर्नुहोस

सोलुखुम्बु कांग्रेसले सम्मान तथा अन्तरक्रिया कार्यक्रम गर्ने

जिल्लाले कुनै आधिकारिक कार्यक्रम तय गरेको छैन

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  २ : ५६ बजे