सोलुखुम्बु । सोलुखुम्बुका दुई विद्यालय ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि छनौट भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ अन्तरगत ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि जिल्लाका दुई विद्यालय छनौट भएका हुन् । छनौट हुनेमा नेचासल्यान गाउँपालिकाको केदार माध्यमिब विद्यालय र थुलुङ दुधकोशी गाउँपालिकाको जनता माध्यमिक विद्यालय…