पोखरा, २१ फागुन । कास्कीको पर्यटकीय ताङतिङ गाउँको सिरानमा रहेको गुरुङहरूको अती प्राचीन बस्ती नौंचुबाट ४०० वर्ष अघिदेखिको इतिहास खोतल्ने प्रयास गरिएको छ । गुरुङ जातभित्रका विभिन्न समुदायमध्येको एक पौंगीलम गुरुङ समुदाय चार शताब्दी अघि बसेको नौंचुमा पितृहरूको स्मृतिमा नौंचु न्हेज छ्योर्ते(देवालय) निर्माण गर्दै इतिहासको खोजी सुरु गरिएको हो । गुरुङहरूको प्राचीन बसोबास भएको ऐतिहासिकस्थल…