३० कार्तिक २०८३, आइतबार | Sun Nov 15 2026

सडक र पुलको पूर्वाधार विकासमा भारतको रु ३६ अर्ब ४७ करोड ऋण

काठमाडौँ, ८ फागुन । नेपालको सडक र पुलको पूर्वाधार विकासमा भारत सरकारले रु ३६ अर्ब ४७ करोड ऋण सहयोग गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज आयोजित सहमतिपत्र हस्तान्तरण कार्यक्रममा यस्तो जानकारी गराइएको हो । भीमदत्तनगरको महाकाली नदीमा चार लेनको पक्की पुल र १८ सडक योजनाका लागि ऋण सहयोग प्रदान गरिएको हो…