खोटाङ, ३ फागुन । किरातीको पुर्खा रैछाकुले, तायामा र खियामाको प्रतिमा यहाँ राखिने भएको छ । किराती सभ्यता र संस्कृतिको उद्गम थलो मानिने हलेसी महादेवस्थान–१ स्थित तुवाचुङ–जायाजुङ डाँडामा किराती तीन पुर्खाको पूर्णकदको प्रतिमा राखिने भएको हो । किरात राई यायोख्खा केन्द्रीय समितिको पहलमा ढलोटबाट निर्माण गरिने प्रतिमा आगामी वैशाख ७ गतेभित्र राखिने प्रतिमा स्थापना समितिका…