डोल्पा (दुनै), ४ फागुन । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगन्जको टोलीले जिल्लाको मानवअधिकार अवस्था बारेमा अनुगमन गरेको छ । मानव अधिकार अधिकृत टङ्कप्रसाद खनालको नेतृत्वमा आएको टोलीले जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालयको अनुगमन गरी उक्त निकायबाट प्रवाह हुने सेवा मानवअधिकारमैत्री भए नभएको विषयमा जानकारी लिइएको थियो । साथै टोलीले सरकारले तयार पारेको चौथो मानवअधिकार…