भोजपुर, २६ माघ । भोजपुर जिल्लाको उत्तरी गाविस कुलुङ चौकीडाडाँका स्थानीयले उत्पादन गरेको अल्लोका विभिन्न सामग्रीले बजार नपाएको गुनासो गरेका छन् । भौगोलिक विकटताका बीच ग्रामीण भेगका सर्वसाधारणले गाउँघरमै सङ्कलन गरेको अल्लोबाट झोला, बर्की, लत्ताकपडालगायत विभिन्न सामग्री निर्माण गरेता पनि गाउँमा बजार नभएपछि त्यसै थन्काएर राख्नुपर्ने बाध्यता रहेको उनीहरुले बताएका छन् । अल्लोको रेसा निकालेर…