तम्घास (गुल्मी), १८ मङ्सिर । प्रदेश टुक्राउन लागेको विरुद्धमा भएको अनिश्चितकालीन गुल्मी बन्दको चौँथो दिन आज आन्दोलकारीले एउटा मोटरसाइकल तोडफोड गरेका छन् । बन्दको अवज्ञा गरी सवारीसाधन सञ्चालन गरेको भन्दै आन्दोलनकारीले सदरमुकाम तम्घासस्थित क्याम्पस रोडमा लु ९ प ४३३३ न ंको मोटरसाइकल तोडफोड गरेका छन् भने पाँचवटा नियन्त्रणमा लिएका छन् । पाँच नं प्रदेश टुक्राउने…