बाजुरा, १९ माघ । कोल्टीमा बेवारिसे अवस्थामा एक शिशुको शव फेला परेको छ । कोल्टी– १ थिपिचौरस्थित माझ कुलोको नहरमा शव भेटिएको प्रहरीले बताएको छ । शव मंगलबार बिहान नुहाउन गएका स्थानीयले देखेपछि प्रहरीको रोहबरमा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो । कोल्टी विमानस्थल सुरक्षा गार्डका प्रहरी निरीक्षक डम्बरबहादुर थापाले कसैले अवैध यौन सम्बन्धपछि जन्मिएको…