काठमाडौँ, १२ पुस । नेपाः पार्टीका नेता तथा पूर्वसभासद् बुद्ध सायमीको शव श्रद्धाञ्जलिका लागि आज स्थानीय भूगोलपार्कमा राखिएको छ । उहाँमा कलेजो, मिर्गौला र मधुमेहको समस्या भएपछि जावलाखेलस्थित अल्का अस्पतालमा उपचारका क्रममा गए राति ७२ वर्षका उमेरमा निधन भएको थियो । नेपाल भाषामा विद्रोही धारका कविसमेत रहनुभएका सायमीलाई श्रद्धाञ्जलि दिन उद्योगमन्त्री नवीन्द्रराज जोशी, नेपाली काँग्रेसका…