भद्रपुर, ५ पुस । झापाको जलथल–२ स्थित रणकालीन सामुदायिक वनमा दाउरा लिन गएकी सोही गाविस–३ निवासी ३२ वर्षीया अनिता मेचेको हत्या आरोपमा पक्राउ परेका तीनजनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । मङ्सिर २७ गते दिनको ४ बजे जङ्गलमा सिकार गर्न गएका सिकारीले चलाएको भरुवा बन्दुकको छर्रा लागेर मेचे घाइते भएको र उपचारार्थ ओमसाई हस्पिटल…