२८ कार्तिक २०८३, शुक्रबार | Sat Nov 14 2026

चन्दननाथ मन्दिरबाट दत्तात्रेयसहित १४ मूर्ति चोरी

जुम्ला, १२ मङ्सिर । नेपालको प्रसिद्ध धार्मिकस्थल मानिने जुम्ला चन्दननाथ बाबाको मन्दिरबाट दत्तात्रेय भगवान्को मूर्ति चोरी भएको छ । चार हात भएको दत्तात्रेय भगवान्को मूर्तिसहित सानातिना गरेर १४ वटा मूर्ति गएराति चोरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो । १४ वटा मूर्तिमात्र नभई अन्य बहुमूल्य वस्तु पनि त्यहाँबाट चोरिएको हुन सक्ने प्रजिअ पण्डितले बताउनुभयो…