त्रिवेणी (जाजरकोट), २८ कात्तिक । जाजरकोट–डोल्पा सडकखण्ड अन्तर्गत निर्माण कार्य पूरा भएका सडकमा पुल निर्माण नहुँदा हैरानी भएको छ । यहाँको सदरमुकामदेखि त्रिवेणीसम्मको सडकमा ट्र्याक खुलेर यातायातका साधन सञ्चालन भए पनि भेरी नदी तथा साना खोलामा पुल निर्माण नहुँदा यातायात सञ्चालनमा समस्या सिर्जना भएको हो । नेपाली सेनाद्वारा निर्माण कार्य जारी रहेको यो सडकको एक…