काठमाडौं । तारा एयरलायन्सको जहाजबाट खुम्बु क्षेत्रमा संकलित नकुहिने ११ हजार किलोग्राम फोहोर काठमाडौं ल्याएको छ । खुम्बु क्षेत्रको वातावरणीय गुणस्तर, सन्तुलनका लागि तारा एयरले सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी) र हिमालयन क्लबको सहकार्यमा ११ हजार किलोग्राम नकुहिने फोहर काठमाडौं ल्याएको हो । जहाजको ९ वटा उडानमा नकुहिने फोहोर तेञ्जिङ हिलारी विमानस्थल लुक्लाबाट काठमाडौं ल्याइएको…