२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

कार्दिसियनको गहना लुट प्रकरणका सोह्रजना आरोपित पक्राउ


२५ पुस २०७३, सोमबार  

0
Shares

पेरिस, (फ्रान्स, २५ पुस । अमेरिकी ‘टिभी स्टार’ किम कार्दासियनको बहुमूल्य गहना र अन्य सामान लुट प्रकरणमा आरोजित सोह्र जनालाई सोमबार बिहान पेरिसबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पेरिसस्थित विशिष्ट आवास क्षेत्रमा नकावधारी एक समूह प्रवेश गरी गत अक्टोबरमा कार्दासियनलाई बाँधी उहाँसँग करिब ९५ लाख अमेरिकी डलर बराबरको सामान लुटेर लगेको थियो ।

अक्टोबरमा अमेरिकी ‘टिभी स्टार’ कार्दिसियन पेरिसमा भएको भेषभूसा प्रदर्शनी सप्ताहमा सहभागी हुन आएका बेला सो सामान चोरी भएको थियो । रासस/एएफपी

प्रकाशित मिति : २५ पुस २०७३, सोमबार  १० : १२ बजे