२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

उपराष्ट्रपति गणतन्त्र दिवस समारोहमा


१३ माघ २०७३, बिहिबार  

7
Shares

काठमाडौँ, १३ माघ । उपराष्ट्रपति नन्दबहादुर पुन भारतको ६८औँ गणतन्त्र दिवसका अवसरमा आज यहाँ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो ।

नेपालका लागि भारतका राजदूत रणजित रायले आयोजना गर्नुभएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, पूर्व प्रधानमन्त्री, सांसद, पूर्व उपराष्ट्रपति, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, निजामती एवम् जङ्गी सेवाका उच्च पदाधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, उद्योगपति, व्यापारी, कलाकार, वरिष्ठ सञ्चारकर्मीका साथै कामको सिलसिलामा यहाँ रहेका भारतीय नागरिकहरुको उपस्थिति थियो ।

त्यस अवसरमा भारतीय कला संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो ।

यसै उपलक्ष्यमा आज बिहान दूतावास परिसरमा आयोजित समारोहमा राजदूत रायले भारतको राष्ट्रिय झन्डा फहराउनुभएको थियो ।

प्रकाशित मिति : १३ माघ २०७३, बिहिबार  ११ : ४६ बजे