लुटपाट मच्चाएको आरोपमा गावनमा दुई सय पक्राउ

0 Shares

ल्याब्रभिल (गावन), १६ भदौ । गावनको राजधानी ल्याब्रभिलमा विभिन्न लुटेरा समूहबाट लुटपाट मच्चाएको आरोपमा कम्तिमा २०० जनालाई छानबिनका लागि नियन्त्रणमा लिइएको छ ।

गावनमा राष्ट्रपतीय निर्वाचनपछि मच्चिएको हिंसाको फाइदा लिई लुटपाटमा संलग्न उनीहरुलाई बुधबार राति पक्राउ गरिएको थियो ।

लुटपाटमा हिंसा भड्काउँदै हिँडेका करिब २०० व्यक्ति पक्राउ परेका गावनका प्रहरी प्रमुख जिन थिएरी ओयजुले बताउनुभयो ।

हिंसा नियन्त्रण प्रयासमा प्रशासन लागेको र छिट्टै देशभर शान्ति तथा अमन चयनको महसुस हुनेछ, उहाँले थप्नुभयो ।

गावनको राजधानी र केही गरिबी समस्या भएका जिल्लामा पछिल्लो समय हिंसा तथा लुटपाटका घटना बढेको उहाँले स्वीकार्नुभयो । रासस/एएफपी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार