२१ भाद्र २०८३, आइतबार | Sun Sep 6 2026

इजिप्टका राष्ट्रपति अल सिसी भारत भ्रमणमा


१६ भाद्र २०७३, बिहिबार  

0
Shares

इजिप्ट, १६ भदौ । इजिप्टका राष्ट्रपति अब्देल फतेह अल सिसी उहाँको औपचारिक भारत भ्रमणका लागि बिहीबार नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ ।

भारत भ्रमणका क्रममा दुई देशबीच रहँदै आएको द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउने कुरामा राष्ट्रपति अल सिसीले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, प्रमुख प्रतिपक्षी दलका नेता तथा अन्य भारतीय उच्च पदस्थ अधिकारीसँग भेट हुने कार्यक्रम रहेको बताइएको छ ।

इजिप्टका राष्ट्रपति अल सिसीले इजिप्ट र भारतबीच नयाँ सम्बन्ध विस्तारका लागि पहल गर्नु हुने इजिप्टले जनाएको छ ।

अल सिसीले भारत भ्रमणका क्रममा बिहीबार सम्भवतः अमेरिकी विदेश मन्त्री जोन केरीसँग भेट गरी अमेरिका र इजिप्टबीचको सहकार्य र आगामी दिनका कार्यक्रमका बारेमा छलफल हुने पनि बताइएको छ । रासस/एपी

Sagarmatha

प्रकाशित मिति : १६ भाद्र २०७३, बिहिबार  ६ : १३ बजे