१ मंसिर २०८२, आइतबार | Sun Nov 16 2025

ट्रम्पले इटलीको भ्रमण गर्ने



अमेरिका, २३ माघ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आउदो मे महिनामा इटली जानुहुने भएको छ ।

जी सेभेनको सम्मेलनमा सहभागी हुन उहाँ इटली जाने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले शनिबार जनाएको छ । राष्ट्रपतिमा निर्वाचित भएपछि उहाँको यो भ्रमण नै पहिलो विदेश भ्रमण पनि हुने कार्यालयले बताएको छ ।

इटलीका प्रधानमन्त्री पाउलो गेन्टीलोनीसँगको कुराकानीपछि ट्रम्पको भ्रमण तय भएको ह्वाइट हाउसका अधिकारीले जानकारी दिएका छन् ।

विश्वका सात विकसित राष्ट्रका प्रमुखको बैठक टोर्मिना, सिसिलीमा हुन लागेको छ । रासस/एएफपी

प्रकाशित मिति : २३ माघ २०७३, आइतबार  ५ : ०३ बजे