२७ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025

चीनमा विषाक्त ग्यासका कारण छ जनाको मृत्यु



चीन, २३ माघ । चीनको पूर्वी क्षेत्रमा अवस्थित अन्हुई प्रान्तमा विषाक्त ग्यासका कारण आइतबार छ जनाको मृत्यु भएको चिनियाँ अधिकारीले बताएका छन् ।

च्याङफेङ क्षेत्रको याङसिओयिङ गाउँमा एक घरमा भाडामा बसिरहेका चिनियाँ नागरिकले चिसोबाट बच्न ब्रिकेट बालेर आगो ताप्दा आइतबार बिहान ११ बजेतिर यसबाट निस्केको विषाक्त ग्यासका कारण उनीहरुको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

घटनाबारे थप अनुसन्धान जारी रहेको चिनियाँ प्रहरीले जनाएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति : २३ माघ २०७३, आइतबार  ५ : ०७ बजे